‘सुदको पत्र सार्वजनिक गर्न नमिल्ने ‘ : परराष्ट्र

Read Time:2 Minute, 20 Second

काठमाडौँ, ३ मङ्सिर

 नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम प्रतिक्षण दिइरहेको भनी नेपाल सरकारलाई भारतीय पक्षबाट लेखिएको पत्र सार्वजनिक गर्न नमिल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । व्यवस्थापिका–संसद अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको आजको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराई दुई देशबीचको सम्बन्ध अन्तर्राष्ट्रिय कूटनीतिक लेखापढीको मर्यादालाई दृष्टिगत गरी सो पत्र सार्वजनिक गर्न नहुने लिखित जानकारी दिए ।

  सचिव भट्टराईले सो पत्र गृह मन्त्रालयमा भारतीय राजदूतले बुझाएका हुँदा गृह मन्त्रालयसँग समन्वय गरी अनुसन्धान भइरहेको समेत जानकारी दिए ।  भारतीय पक्षबाट लेखिएको सो पत्रमा  व्यहोरासहित बैठकमा उपस्थित भई जानकारी दिन समितिले उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालालाई आज बैठकमा आमन्त्रित गरेको थियो । दुई देशबीच दूरगामी असर पार्ने अत्यन्तै महत्वको विषयमा समितिले आमन्त्रण गर्दा समेत उपप्रधानमन्त्री कोइराला बैठकमा उपस्थिति नहुनु भएको भनी बैठकले दुःख व्यक्त ग¥यो ।

     पत्रमा लेखेका विषयमा सरकारको सम्बन्धित निकायले अध्ययन गरिरहेको छ र हाल अध्ययनको क्रममा रहेको विषयबारे केही भन्न नसकिने भएकाले सोही अनुसार बुझीदिन सभासद्समक्ष अनुरोध गरिएकोथियो ।

    बैठकमा एनेकपा (माओवादी)का सचिव सिपी गजुरेलले नेपालको राजनीतिक गतिरोधको सम्बन्धमा भारतीय भूमिका छ कि भन्ने आशङ्का र चर्चा भइरहेको बेला माओवादीले तालिम दिएको विषय उठाउनुलाई गम्भीररुपले हेरिनुपर्ने वताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %