व्यवस्थापिका संसद्को बैठक अझै बसेन ,तीन दलको वैठक सिंहदरवारमा वस्दै

Read Time:1 Minute, 35 Second

काठमाडौँ, ३ मङ्सिर व्यवस्थापिका संसद्को आज दुई बजे बस्ने भनिएको बैठक अझै बस्न सकेको छैन । प्रधानमन्त्रीको सत्रौँ चरणको निर्वाचन प्रक्रिया र अन्तरिम संविधानको नवौँ संशोधनसम्बन्धी विषयमा सहमति जुट्न नसकेका कारण बैठक बस्न नसकेको हो । विवादित विषयमा सहमति जुटाउनका लागि प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले संविधानसभा भवन चलिरहेको छ । आज बस्ने व्यवस्थापिका संसद्को बैठकमा संविधान संशोधनसहित आर्थिक वर्ष २०६७÷६८ को बजेट प्रस्तुत हुने कार्यक्रम छ । तीन दलको वैठक सकिएपछि कार्यब्यवस्था समितिको वैठक वस्ने र साथै ब्यवस्थापिका संसद्को वैठक वसेपछि अन्तरिम संविधान संशोधन गरी मन्त्री परिषद्को वैठक वसेर वजेट पास गरेपछि अर्थमन्त्रीले वजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । आज विहान वजेट पास गर्नका लागि वसेको मन्त्रीपरिषद वैठकमा संविधान संशोधन गरेर वा नगरीकन वजेट ल्याउने विषयमा विवाद भएपछि वैठक स्थगित वनेको थियो । निर्धारित समयमा वैठक नवसेपछि वजेट आज आउने नआउने वारेमा अन्यौल वढेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %