नवलपरासीमा मात्र ६ सय एचआइभी सक्रमित

Read Time:2 Minute, 9 Second

३ मंसिर

एचआईभि एड्सबाट संक्रमित हुनेको संख्या नेपालका विभिन्न जिल्ला मध्ये नवलपरासीमा पनि अत्यधिक रहेको पाइएको छ । नवलपरासीमा एचआईभि संक्रमितहरुको साझा प्रयासमा गठन भएको संस्था लुम्विनी प्लसले गरेको अध्ययन अनुसार नवलपरासी जिल्लामा मात्रै करीव ६ सयको संख्यामा एच आइ भि एड्स संक्रमित रहेकाछन् । संस्थाका अनुसार संस्थाको सम्पर्कमा हालसम्म २ सय जना एचआईभीबाट संक्रमित सम्पर्कमा आएको र सम्पर्क भन्दा बाहिर करीव ४ सयको हाराहारीमा रहेको प्लसकी अध्यक्ष निर्मला पौडेलले बताए । सम्पर्कमा आएका यी २ सय एचआईभी संक्रमित अधिकाशं महिला तथा वालवालिका रहेको जनाएको छ । लुम्विनी प्लसले जिल्लामा यसको बारेमा चेतनामूलक कामहरु गर्दै आए पनि संक्रमितहरु खुलेर सम्पर्कमा नआउँदा थप जोखिम वढ्न सक्ने संस्थाले जनाएके छ । हाल सम्म संस्थामा २ सय एचआईभि संक्रमितले संस्थाको सदस्य लिईसके पनि अन्य सक्रमित थाहा नभएर, घरपरिवार वा सामाजीक अवस्थाका कारण संस्थाको सम्पर्कमा खुलेर आउन नसकेको अध्यक्ष पौडेल बताँउछन् । भारतबाट रोजगारी गरेर फर्कने र लागू औषध सेवन गर्नेहरुबाट यो संक्रमितहरुको संख्या बढि रहेकोछ । चेतनाको कमी, लान्छना, भेदभावको कारणले पनि यसको संख्या बढ्नुको मुख्य कारण रहेको उनले बताए । आफूहरुलाई राज्य पक्षबाट कुनै सहयोग नभएको, र जिल्लामा एचआईभी संक्रमितको नाममा बिभिन्न सघं-सस्था गठन भएता पनि सहयोग नगरेको उनी बताउछन् ।

गोविन्द घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %