ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

विराटनगर, ३ मङ्सिर 

मोरङ जिल्लाको तेतरियाबाट विराटनगरतर्फ आइरहेको को१त ५७५१ नम्बरको ट्र्याक्टर आज झोराहाटमा दुर्घटना हँदा एकजनाको मृत्यु भएको छ ।

ट्र्याक्टर अनियन्त्रित भई नालामा पल्टी दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ट्र्याक्टरका सहचालक दिनेश ऋषिदेव रहेका छन् ।

अर्का सहचालक तुलसी उराव सामान्य घाइते भएको र उनको स्थानीय कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %