सहमति विना सरकार बन्दैन : ठाकुर

गौशाला, २ मङ्सिर 

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख तीन दलबीच सहमति नहुञ्जेल नयाँ सरकार नबन्ने ठोकुवा गरेकाछन् ।

    महोत्तरीको सदरमुकाम जलेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा एमालेले महत्वाकाँक्षा त्यागेर एउटा विशेष सहमतिमा पुगेपछि मात्र नयाँ सरकार बन्ने बताए ।

    भोलि आउन लागेको बजेटको सन्दर्भमा बोल्दै अध्यक्ष ठाकुरले कूल जनसङ्ख्याको आधा हिस्सा मधेसमा रहेकाले सम्पूर्ण बजेटको आधा रकम मधेसका लागि विनियोजन गर्नुपर्ने बताए   ।

    अध्यक्ष ठाकुरले देशका तीन ठूला दलबीच भागबन्डाको कुरा मिलेपछि मात्र बजेट ल्याउन लागिएको गुनासो समेत गरे  ।

 

रासस