लडाकूलाई पार्टीबाट नहटाइएसम्म नयाँ सरकार गठन हुदैन : उर्जामन्त्री प्रकासशरण महत

गजुरी (धादिङ), २ मङ्सिर 

ऊर्जामन्त्री प्रकाशशरण महतले एकीकृत नेकपा माओवादी)का  लडाकूलाई पार्टीबाट अलग नगरिएसम्म नयाँ सरकार गठन हुन नसक्ने बताएकाछन ।

    धादिङबेंसीमा आज आयोजित एक कार्यक्रममा मन्त्री महतले एनेकपा माओवादीको विस्तारित बैठकमा माओवादी लडाकूलाई सहभागी गराउनु आपत्तिजनक भएको बताए  ।

    माओवादी लडाकूहरुलाई विषेश समितिको मातहतमा राख्ने सैद्धान्तिक सहमति भए पनि व्यवहारमा त्यसो नभएको बताउँदै मन्त्री महतले एनेकपा माओवादीको विस्तारित बैठकमा लडाकूहरु सहभागी भए त्यो लडाकू नभै पार्टी कार्यकर्तामात्र बन्ने बताए ।

    एनेकपा माओवादीले लडाकूलाई शिविरमै राखेर सत्ता कब्जा गर्न खोजेको आरोप लगाउँदै शान्ति प्रक्रियाका बाधक अर्ध सैनिक बल र समानान्तर सेना विघटन गरी सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए  ।

    बिहीबार नै मन्त्री महतले नेपाल विद्युत प्राधिकरण धादिङमा कार्यालय प्रमुखहरुलाई भेटी सर्वसाधारण जनताको काम छरितो ढङ्गले सम्पन्न गर्न निर्देशन दिए  ।

 

रासस
––––