गोर्खा र तिनका सन्ततिलाई बिदेशी बनाउने षड्यन्त्र

Read Time:7 Minute, 5 Second

हालै नेपाली मीडियामा प्रकाशित प्रसारित  ‘नेपाल सरकारले गैर आवासीय नेपालीहरुलाई राजनैतिक र मताधिकार बिनाको  सिटिजनशसप दिने’ भन्ने समाचार प्रति सम्बंधित पक्षको  ध्यान आकर्षित हुन अत्यन्तै जरुरी देखिन्छ ।  यो समाचारले बेलायतमा नेपाली बाजार  जसरी तातेको छ , उसरि नै सीधा- साधा गोर्खाली गैरआवासिय नेपालीहरुको कन्सिरी तातेको छ । यदि यो समाचार साँचो हो र गोरखाली र  तिनका सन्ततिलाई  यो नियम लागु गराउने दुस्प्रयास   गरिएको हो भने यस कार्यले निश्चित रूपमै लाखौंको संख्यामा बिदेशमा रहेका  सोझा, सिधा-सादा ,  इमानदार  तथा  देशभक्त  गोर्खा नेपालीको मर्ममा आघात  पुर्याउने छ ।

थर्क राना मगर

 

 

त्यति मात्र होइन – दुई देशको संधि सम्झौता अनुसार तत्कालिन नेपाल सरकारले बिदेश पठाएका गोरखा परिवार र तिनका सन्ततिको योगदानको कदरको गम्भीर मानमर्दन पनि  हो, यो निर्णय । हालका सत्ताधारी नेताका पुर्खाहरुले तत्कालिन बेलायती शासकलाई सोझासाझा जनजातिहरुलाई बेलायती सेना (तत्कालिन भारतमा रहेका) हरुलाई बेचेको हो । हामी रहरले हैन बिदेशी भूमीमा नग्रां खियाइरहेका । त्यसपर्यत्न हाम्रा सन्ततिहरुले पनि बाध्यताबश पुर्खाकै नियतिलाई पछ््याएका हुन् । यदि शासकले देशमै उनीहरुलाई रोजगारको ब्यवस्था गर्न सके के उनीहरु बिदेशमा बस्थे र ?
बेलायत र उसको तत्कालिन उपनिवेश हंगकंगले समेत प्रस्ताव गरेको सिटिजनशिप देशको दुर्गति र आयआर्जनको लागि बाध्यताबस  लिन परेतापनी हाम्रो नेपाली सिटिजनशिप कायमै  राख्न पाउनुपर्ने  र  उनिहरुका बिदेशमा जन्मेका र जन्मने संततिहरुले समेत बंशजको आधारमा नेपाली नागरिकता लिन पाउने अधिकारको प्रावधान गरियोस भन्ने माग प्रति नेपाल सरकारले ठाडो प्रहार गरेको छ, पछिल्लो निर्णयबाट ।   सरकार स्वंय यत्रो ठूलो समुदायबाट  भबिष्यमा  जन्मिने  संतानहरुलाई समेत नेपालबाट नाल नै काटी दिने र  गैर नेपाली तथा दोस्रो दर्जाको नागरिक बनाउने षड्यंत्र रचेको प्रस्ट हुन्छ ।

पुर्खाकै पदचापमा : देशमा रोजगारी नभएपछि अझै पनि बिदेशी भूमीमा ज्यान हत्केलामा राखिरहेकाछन् यूवाहरु . हाम्रै कमाइले देश चल्छ तर हामीलाई गैरनागरिक बनाइन्छ !

 

यदि साँच्चि नै यो कुरा संबिधानमै   लेखिने हो र  अन्य  एनआरएनलाइ  जस्तै प्रवासी गोरखा समुदाय लाइ समेत यो नियम लागु गरिने हो भने यो समुदाय प्रति ठुलो  अन्याय  गरेको ठहरिने छ । हामी अन्य प्रवासी जस्तो पैसा कमाउन मात्र यहाँ छैनौ । हामी बिदेशिनुसंग सत्ताधारीहरुको ठूलो षड्यन्त्रको लामो दुखदायी इतिहास पनि छ । उनीहरुले हामीमाथि गरेको बेचबिखनको इतिहासले हामी अन्य एनआरएन भन्दा पृथक छौं भन्ने प्रस्ट हुन्छ । तर यस्तो दुखदायी इतिहासलाई उपेक्षा गर्दे हामीलाई  पनि अन्य एनआरएन कै सरोबरी राख्नुले सरकारको नियत कालो छ भन्ने छर्लग हुन्छ ।

मताधिकार  बिनाको नागरिकताको कुनै अर्थ रहंदैन । भन्ने नै  हो भने यस्तो नागरिकता लिनू भनेकै आफ्नो देश बाट नै सदाको लागि  बिदा स्विकार्नु  जस्तै हो । यस्तो दुस्कार्य गर्ने हुदैंन र गर्न पनि दिइनु हुदैंन । ब्रिटेन र संसारका  अन्य देश हरुले समेत डुयल सिटिजनशिपको प्रावधान राखेको  छ ।

के हामी फुट्वल हौं र ? : सत्तामा आँखा लगाउछन् भनि घरजम गरेर परिवारसंग रमाउने उमेरमा घरलौरी लगाएर बेलायती साम्राज्य बढाउन बेचिएका यीनको मानमर्दन गर्ने कस्तो साम्पद्रायिक सरकार !

फलत: गोरखा र तिनका सन्तानहरुलाई योगदानको कदर गर्दै  नागरिकता दिइएकाहुन् ।  नेपालका सरकारले पनि  यस्तो दृष्टान्तबाट    सिकेर  उदारता  देखाउन किन कन्जुस्याई   गरिरहेकोछ ?  आखिर घाटा के मा, कस्लाई हुन्छ ? बरु यसो गर्न सकेमा दक्ष  जनशक्ति र उनिहरुको सिप र सम्पति त नेपाल फर्कने थियो ! बिदेशमा जन्मेका र यतै दिक्षित भएका नेपाली  युबाहरुले चाहेमा आफ्नो देशमा गएर शासनसत्ता र देश निर्माण कार्य मा सहभागी हुन किन नपाउने ? यो त उनिहरुको  जन्मसिद्ध  अधिकार नै हो । तर नेपाली शासकहरुले भने जानि  जानी बुझ  पचाईरहेका छन र लाखौं नेपालीहरुलाई अधिकार बिहीन  र  गैर नेपाली बनाउने गैर जिम्मेवारीपूर्ण र गैर कानूनी  चक्रब्यूह  रचिराखेका छन ।

धिक्कार छ : सरकारको षड्यन्त्रकारी निर्णय थाहा पाएपछि भिसी बिजेता गुरुगं शायद यहि प्रतिक्रिया ब्यक्त गर्नेछन् !

यस प्रकरणले उनिहरुको  चिन्ता भनेको आफ्नो कूर्सी सदाको लागी कसरी जोगाउन सकिन्छ र जसरि पनी जोगाउन पर्छ भन्ने रहेको प्रस्ट हुन्छ । यस्तो महाजाल वा चक्रब्यूह को लक्षित बर्ग – हामी सम्पूर्ण बिदेशवासी गोर्खा नेपालीहरु  बेलैमा सचेत भई एकजुट भएर संगठित रूपमै प्रतिकार गर्न र आफ्नो र आफ्नो संततिको अधिकार सुनिश्चित गर्न अविलम्व लाग्नु पर्ने देखिन्छ ।

हाल  क्याम्बेर्ली बेलायत

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %