संसद् बैठक स्थगित

काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी दुई मिनेटमै स्थगित भयो । 

    बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद् कार्य व्यवस्था परामर्श समितिको निर्णयका आधारमा विशेष कारणवश  बैठक स्थगित गरिएको बताउनुभयो ।

    व्यवस्थापिका–संसद्को अर्काे बैठक आगामी मङ्सिर ३ गते दिउँसो २ बजे बस्नेछ । रासस