दुईसय थान अवैध काठसहित ट्रक प्रहरीले समात्यो

    मकवानपुर, २९ कात्तिक ।

मकवानपुरको मनहरी–७ ज्यामिरेमा ठूलो परिमाणको चिरान काठसहित एउटा ट्रकलाई प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका छन् ।

    ना२ ख ८३७८ नं ट्रकमा राखी चितवन निकासी हुन लागिरहेको अवस्थामा आइतबार राति २०० थान चिरान काठसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको स्थानीय बासिन्दाले बताएका छन् ।