साउदी राजकुमार नेपालमा

Read Time:1 Minute, 4 Second

काठमाडौँ, २८ कात्तिक 

साउदी अरबका राजकुमार अल बलिद विन तलाल नेपालको जलस्रोत, पर्यटन र वैदेशिक रोजगारका क्षेत्रमा लगानी र अवसरका सम्बन्धमा अध्ययन तथा छलफल गर्न नेपालको दुईदिने भ्रमणमा आएका हुन् ।

    राजकुमार तलाल हिजोराति ३६ जनाको टोलीसहित निजी विमानबाट काठमाडौँ आएका हुन् ।

    
    राजकुमार तलालले सोमबार नेपालका राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

    विश्वका धनी व्यक्तिमध्ये १९ औँ सूचीमा पर्ने तलालले सोही दिन विभिन्न सम्बन्धित मन्त्री र अधिकारीहरुसँग बैठक गर्नुहुने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता हरिश्चन्द्र घिमिरेले बताए
। रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %