विस्तारित बैठकमा एउटामात्र प्रस्ताव पेस हुन्छ : नारायणकाजी श्रेण्ठ

गोरखा, २८ कात्तिक । एकीकृत नेकपा (माओवादी) का उपाध्याक्ष नारायणकाजी श्रेष्ठले पार्टीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट संयुक्तरूपमा एउटामात्र प्रस्ताव प्रस्तुत हुने दाबी गरेकाछन् ।

    आज यहाँ सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले पार्टीको आधिकारिक दस्तावेजका रूपमा अध्यक्ष दाहालले प्रस्ताव पेस गर्ने बताए  ।

    सञ्चारमाध्यमबाट सार्वजनिक भएका दस्तावेज व्यक्तिगत हुन् भन्दै उहाँले आधिकारिक प्रस्ताव अध्यक्षले नै प्रस्तुत गर्ने उल्लेख गरे ।

 

 

 

रासस