भारतीय माओवादीलाई तालिम दिएको भन्नु शान्ति प्रक्रृया भाँडने षडयन्त्र हो : प्रभाकर

Read Time:2 Minute, 15 Second

पर्वत (फलेवास), २८ कात्तिक 

एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरले नेपालमा नयाँ संविधान निर्माण र शान्ति प्रक्रियाका विरोधी शक्तिहरु सक्रिय बनेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले आइतबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व शान्ति तथा पुनःनिर्माण मन्त्रीसमेत रहेका शर्माले एकीकृत नेकपा माओवादीले भारतीय माओवादीलाई तालिम दिएको भन्ने आरोप लगाएर शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाए ।

नेपालमा शान्ति र संविधान देख्न नचाहने शक्तिहरुले अनावश्यक विवाद सिर्जना गरेर शान्ति प्रक्रिया भाँड्ने र संविधान निर्माण प्रक्रिया ओझेलमा पार्ने उद्देश्यले गलत प्रचार गरेको छ नेता शर्माले भने ।

नेता शर्माले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी अधिकार सुम्पने भनी दिएको अभिव्यक्ति कसैको दबाबमा परी आएको हुनसक्ने आशङ्का व्यक्त गरे ।

नेपाली जनता कुनै पनि अधिनायकवादको पक्षमा रहन चाँहदैनन् भन्नुहुँदै उहाँले शान्ति प्रक्रिया निष्कर्ष पु¥याउने र संविधान निर्माणको ग्यारेन्टी नभएसम्म जनसेनालाई कुनै पनि हालतमा समायोजन नगरिने दाबी गरे ।

नेता शर्माले मुलुकमा सहमति निर्माणका लागि सेना समायोजन आवश्यक रहेको बताए ।

सो अवसरमा पार्टीका पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले माओवादीले पछिल्लो समयमा स्वदेशी आत्मसपर्णवाद र विदेशी हस्तक्षेपका विरुद्ध शक्ति परिचालन गरेको बताए ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %