३ मंसिरमा वजेट ल्याउन प्रधानमन्त्रीद्धारा परामर्श

Read Time:2 Minute, 28 Second

    काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थसचिवसँग आज बजेट ल्याउने बारेमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा बजेटको आकारप्रकार, योजना, कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन लागिएको छ र बजेटको तयारी कस्तो भइरहेको छ भन्ने विषयमा उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल र अर्थसचिव रामेश्वर खनालसँग छलफल भएको जानकारी प्रधानमन्त्रीका पे्रस सल्लाहकार विष्णु रिजालले दिए  ।  

    उनका अनुसार दलहरूसँग भइरहेको सत्तासाझेदारी, राजनीतिक गतिरोधको अन्त्य, बजेट, सेना समायोजन लगायतका विषयमा एकमुष्ट सहमति हुने सम्भावना तत्कालका लागि न्यून भएकाले मङ्सिर ३ गतेभित्र बजेट ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार सो छलफल भएको हो ।

    यसअघि प्रधानमन्त्री नेपालले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई मङ्सिर ३ गते बजेट ल्याउनेगरी तयारी गर्न निर्देशन दिइसकेका  छन ।

    त्यस्तै प्रधानमन्त्री नेपालले हिजोमात्र पूर्व अर्थसचिव तथा कानुन व्यवसायीसँग बजेट ल्याउँदाका चुनौती र कानुनी अड्चनका बारेमा छलफल गरिसकेका  छन । छलफलमा सहभागी पूर्व अर्थसचिव तथा कानुन व्यवसायीले बजेट ल्याउन कुनै कानुनी अड्चन नभएको सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।

    सरकारले प्रस्तुत गरेको एक तृतीयांश बजेट यही कात्तिक मसान्तभित्र सकिने भएकाले मुलुकलाई आर्थिक सङ्कटबाट मुक्त गराउन मङ्सिर ३ गते बजेट ल्याउनुपर्नेमा प्रधानमन्त्री नेपालले जोड दिँदै आएका  छन्  ।

    प्रधानमन्त्री नेपालले बेजेटकै बारेमा आजै सत्ता साझेदार दल र मन्त्रिपरिषद्को बैठक वोलाएका छन्  ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %