हात्तीवन र गोकर्ण बैठक उपलब्धिपूर्ण : खनाल

Read Time:2 Minute, 10 Second

भक्तपुर, २७ कात्तिक 

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रमुख तीन राजनीतक दलबीच हात्तीवन र गोकर्णमा भएका बैठकले तीनदलबीचको आचारसंहिता तयार भएको बताएकाछन् ।

    नेकपा (एमाले) भक्तपुरले आज यहाँ नेपाल सम्वत् ११३१ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले गोकर्ण बैठकले दलहरूबीच एकअर्कालाई गालीगलौज नगर्ने र आरोप–प्रत्यारोप नगर्ने आचारसंहिता लागू गरेको बताए ।

    हात्तीवन र गोकर्णको बैठक ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेर गलत प्रचार चलाइएको टिप्पणी गर्दै अध्यक्ष खनालले हात्तीवनको बैठकले दलहरूबीच के समस्या छ, के के कुरामा असहमति छ र सहमतिका आधार के हुन सक्छन् भन्ने कुरा प्रष्ट पारेकाले ती दुवै बैठक महत्वपूर्ण भएको दाबी गरे ।

    गोकर्णमा भएको बैठकले शान्ति प्रक्रियालाई कसरी टुङ्गोमा पु¥याउने भन्ने छलफल गरी प्रस्ताव तयार भएको बताउँदै अध्यक्ष खनालले बैठकमा तयार भएका प्रस्तावमा कुनै पनि पार्टी पछि हट्न नहुने र यसलाई कार्यान्वनमा पु¥याउने हो भने शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न सकिने बताए  ।

    संविधान लेखनमा २७ दलका नेता लागिरहेका छन् भन्दै अध्यक्ष खनालले भने, “विगतमा देखिएका तिक्तता र असमझदारी केही हप्तामा हट्ने अवस्था सिर्जना भएको छ । म आशावादी छु ।”

    अध्यक्ष खनालले सबै दलको साझा एजेन्डा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु र संविधान लेखनको कार्य पूरा गर्नु रहेकाले सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %