लचिलो हुने पालो माओवादीको : उपप्रधानमन्त्री कोइराला

Read Time:2 Minute, 17 Second

नेपालगन्ज, २७ कात्तिक 

उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र संविधान निर्माण गर्ने नेपाली काँग्रेसको मुख्य उद्देश्य भएको बताएकीछन्  ।

    नेपाली काँग्रेस बाँकेको जिल्लास्तरीय कार्यकर्ता भेलामा आज यहाँ सम्बोधन गर्दै उनले भनिन् — ‘यी दुई उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकार नेपाली काँग्रेसकै नेतृत्वमा निर्माण हुनुपर्छ ।’

    शान्ति र संविधानका लागि नेपाली काँग्रेसले ठूलो त्याग गरेको बताउँदै उनले अब लचिलो हुने पालो एकीकृत नेकपा (माओवादीे)को हो भनिन ।

    उपप्रधानमन्त्री कोइरालाले शान्ति प्रक्रियामा आएपछि पनि हतियारको राजनीति छाड्न नसकेकाले माओवादी अन्तर्राष्ट्रिय जगतमा समेत आलोचित हुँदै गएको टिप्पणी गरिन ।

    ‘लोकतान्त्रिक व्यवस्थामा परिपक्व राजनीति नगर्ने राजनीतिक दल कालान्तरमा पतन भएर जाने भएकाले पनि एकीकृत नेकपा (माओवादी) नागरिक पार्टीका रूपमा रूपान्तरण हुनु जरुरी छ,’—उनको भनाइ थियो ।

    नेपाली काँग्रेसका कार्यकर्ताहरू नेतामुखी नभइ पार्टीमुखी हुनुपर्ने समय आएको बताउँदै उनले मूल्याङ्कनका आधारमा कार्यकर्तालाई पार्टीले कामको जिम्मेवारी दिने स्पष्ट पारिन  ।

    नेका जिल्ला अध्यक्ष डा अरूण कोइरालाको सभापतित्वमा भएको कार्यकर्ताभेलाका सहभागीले जिल्लाको राजनैतिक र विकाससँग सम्बन्धित वस्तुस्थितिका बारेमा उपप्रधानमन्त्री कोइरालालाई जानकारी गराएका थिए । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %