मुटु रोगीको उपचार राज्यले गर्नु पर्दछ : राष्ट्रपति

काठमाडौँ, २६ कात्तिक 

राष्ट्रपति डा रामवरण यादवले नेपालमा मुटुरोगको उपचार महङ्गो भएकाले यसलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउन राज्यले व्यवस्थित र प्रभावकारी कार्ययोजना ल्याउनुपर्ने बताए  ।
    
    कार्डियाक सोसाइटी अफ नेपालद्वारा आज यहाँ आयोजित हिमालय क्षेत्रमा मुटुरोग सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्र्दै डा यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा मुटुरोगका कारण बिरामी हुने र मृत्यु हुनेको सङ्ख्या बढ्दो रहनु चुनौतीपूर्ण भएकाले यस रोगविरुद्ध सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए  ।

    उनले चेतनाका कार्यक्रमलाई देशव्यापीरुपमा सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै मुटुरोगसम्बन्धी उपचारलाई व्यवस्थित गरी गाउँसम्म पु¥याउनुपर्छ, यसलाई सहरमा मात्र केन्द्रित गर्न नहुनेसमेत बताए ।