धामी–झाँक्रीबाट उपचार गराउँदा सुत्केरी महिलाको मृत्यु

    कञ्चनपुर, २५ कात्तिक 

धामी–झाँक्रीबाट उपचार गराउन खोज्दा प्रशव पीडामा रहेकी कञ्चनपुरको पिपलाडी–६ की २० वर्षीय महिलाको सुत्केरी हुन नसक्दा मृत्यु भएको छ ।

    गाउँ नजिकै २४ घन्टे वर्थिङ सेन्टर रहेको भए पनि जनचेतना अभावका कारण भूत लागेको भन्दै आफन्तले धामी–झाँक्रीबाट उपचार गराएका थिए ।

    प्रशव पीडा सुरु भएको १४ घन्टापछि कल्पना धानुकको हिजो मृत्यु भएको स्थानीय डम्बरदत्त जोशीले बताए ।

    यसअघि सुडा–१ की २७ वर्षीया मञ्जु बोहराको सुत्केरीका लागि अस्पताल लैजाँदै गर्दा पाँच दिनअघि बाटोमै मृत्यु भएको थियो । रासस