एमआरपी आउन अझै ढीलाई

काठमाडौ , २५ कार्तिक

मेशिन रिडेबल पासपोर्ट एमआरपी आउन अझै ढीलाई हुने भएको छ । नेपाल सरकारसँग भएको सम्झौतामा तोकिएको मितिभित्र फ्रान्सको ओबरथर टेक्नोलोजिले एमआरपी ल्याउन नसक्ने भएको हो ।

फ्रान्समा केहि हप्ता अघि भएको आमहड्तालको कारण देखाउँदै ओबरथरले तोकिएको कात्तिक २१ गते भित्र एमआरपी ल्याउन नसक्ने बताएको परराष्ट्र मन्त्रालयका सहप्रवत्ता हरिशरण घिमिरेले जानकारी दिए  ।

तर सम्झौताअनुसार एमआरपी ल्याउन ढीलाई गरेबापत ओबरथर कम्पनीले प्रति एमआरपी दिनको ०.०५ सेन्ट जरिवाना तिर्नुपर्ने घिमिरेले बताए । उनले जतिसक्दो चाँडो एमआरपी ल्याउने पनि जानकारी दिए  ।

एमआरपी ल्याएको १५ दिनभित्र सर्वसाधारणले पाउने व्यवस्था गरिएको छ ।