यसरी खेलियो जापानमा देउसीभैलो ( सचित्र बयान )

Read Time:3 Minute, 0 Second

 टोकाई , जापान

मगर सेवा समिति टोकाई जापान को आयोजना मा दीपावली कार्यक्रम २०१० सम्पन्न भएको छ  ।   जापान को टोयोटा सिटी मा नवम्बर ७

तारीख का दिन संस्था का संरक्षक भीजेन्द्र मान पुन मगर को संयोजकतो मा भएको उक्त कार्यक्रम उद्घाटन संस्था का महिला सदस्य

श्रीमती दुर्गा फगामी मगर र बीर माया पुन मगर ले गरे । 

संस्थाका अधक्ष राजू राना मगर को सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली आदिबासी जनजाति महासंघ जापान  का केन्द्रिय अधक्ष

के. बी .  बुढा मगरको प्रमुख आतिथ्य रहेको थियो भने अतिथि हरुमा नेपाली सेवा समिति जापान,  जापान को टोकाई क्षेत्रमा भएका बिभिन्न

एकल जातीय संघ संस्था का प्रतिनिधिहरु, उद्योग ब्यबसायी का प्रबन्ध निर्देशक   र नेपालीहरु प्रति सदभाव राख्ने

जापानी नागरिक हायासी रहेका थिए  ।उक्त कार्यक्रममा उपस्थित सबै पहुनाहरुलाई संस्थाका सल्लाहकार राज थापा

मगरले स्वागत मन्तब्य दिएकाथिए   । 

 

 

   सुभकामना दिने क्रममा प्रमुख अतिथिले दीपावली कार्यक्रमको बारेमा बोल्दै यो पर्ब आदिबासी जनजातिले धेरै पहिला

देखि मनाउदै आएको  पर्ब हो र मगर जातीको राजा बलिहांगको जीवनीसंग सम्बन्ध रहेको  बारेमा प्रस्ट पार्नु पारे ।

कार्यक्रम सञ्चालन संस्था का महासचिब श्याम राना मगरले गरेका थिए ।

सुभकामना मंतब्य पश्चात पहिको चरणको कार्यक्रमको समापनपछि  देउसी भैलोका प्रमुख भीजेन्द्रमान पुन मगरलाई 

संस्थाका अध्यक्ष राजु राना मगरले पगरी पहिराई कार्यक्रम शुभारम्भ गरेकाथिए । 

 

देउसी भैलोमा समसेर रोका मगर र साइमान रोका मगरले माडलमा सहयोग गरेका  थिए भने गिटार मा राज थापा मगर थिए   ।

संस्थाका सल्लाहकार राज थापा मगर  नेपाल फर्कने  भएकोले उनको सोही अवसरमा  बिदाई कार्यक्रम  पनि गरियो ।

कार्यक्रममा समितिको  तर्फ बाट अध्यक्ष राजु राना मगर र सदस्य श्याम लाल बुढा मगरले उपस्थित भएका नेपाली तथा

बिदेशी चेली बेटी दिदी बहिनीहरुलाई दान दक्षिणा बितरण गरे ।

 

श्याम राना मगर

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %