बोक्सीको आरोपमा वृद्ध कुटिए

 कञ्चनपुर, २२ कात्तिक । कञ्चनपुरको कृष्णपुर–९ बालुवाफाँटाका ७० वर्षीय वृद्धलाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ ।

 बोक्सीको आरोपमा वृद्ध छटकबहादुर चौधरीलाई स्थानीय चारजना युवाले कुटपिट गरेका हुन् ।

 इलाका प्रहरी कार्यालय कृष्णपुर गुलरियाका अनुसार धानको खेतमा बोक्सी लगाएर कम फलेको आरोप लगाउँदै स्थानीय बाधुराम चौधरी, सुगम चौधरी, शङ्कर चौधरी र खगेन्द्र चौधरीले तीन दिनअघि ती वृद्धलाई गालीगलौज गर्दै कृटपिट गरेका हुन् ।

 पीडित वृद्धका छोरा हरिराम चौधरीले बोक्सीको आरोपमा कुटपिट गर्ने चारैजनामाथि कारबाहीका लागि प्रहरीमा उजुरी दिएको प्रहरी नायब निरीक्षक लालबहादुर बमले बताए .