गुल्मीमा जिप दुर्घटना–एकको मृत्यु, दस घाइते

गुल्मी २२ कात्तिक 

 गुल्मी जिल्लाको हाडहाडे गाविसबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज १४०७ नम्बरको जिप आज बिहान जैसिथोक गाविसको सिमाहाघाटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दसजना घाइते भएका छन् ।

 मृत्यु हुनेमा गुल्मी हाडहाडे गाविस– ४ निवासी ५० वर्षीय श्यामलाल श्रीस रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 दुर्घटनामा घाइते हुनेहरुमा गुल्मी भनभने गाविस– ५ निवासी वर्ष ३८ का कृष्णप्रसाद पन्थी, गौँडाकोट गाविस– ९ स्थित वर्ष २३ की कमला सराङ्कोटी, हाडहाडे गाविस– ३ स्थित वर्ष ३५ का धनिश्वर विश्वकर्मा, सोही गाविस– ३ निवासी वर्ष १० का बालक सचिन बराल, वर्ष ६ की आरती श्रेष्ठ, वर्ष २४ की चमेली श्रेष्ठ, वर्ष २० का श्यामबहादुर विश्वकर्मा, वर्ष १९ का सूर्य काउछा, जैसिथोक गाविस निवासी वर्ष २४ का विष्णु घर्ति मगर र तम्घास गाविस– ४ निवासी वर्ष ५५ का कृष्णबहादुर श्रीस रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 घाइतेमध्ये कृष्णबहादुर श्रीसको टाउकोमा गम्भीर चोट लागेकाले तम्घास अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाइएको छ ।
 अन्य घाइतेको भने जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । उकालोमा ब्रेक फेलभई दुर्घटना भएको प्रहरीले जनाएको छ 

 रासस
––––––