पूर्व राजदूत भट्ट सम्पर्कविहीन

    काठमाडौँ, २१ कात्तिक

पूर्वसचिव एवं पूर्वराजदूत डा.दिव्यदेव भट्ट शनिबार बिहान ६ बजेदेखि सम्पर्कविहीन भएकाछन् ।

    स्वनिवास पुल्चोकबाट निस्नेका उनी नफर्किएपछि तत्काल परिवारबाट खोजतलास गरिएको उनका नातेदार धरा सापकोटाले बताए ।
  नियमितरुपमा बिहान ६ बजे निस्की जाउलाखेलसम्म पुगी अखबार लिई आउने बानी रहेका बयासी वर्षीय भट्ट अल्जामेयर नामक बिर्सने तथा मधुमेहरोगी छन.  । नियमित इन्सुलिन दिनुपर्नेमा हालसम्म उनको कुनै जानकरी प्राप्त हुन नसकेकामा परिवारजन ज्यादै चिन्तित छ ।

 नेपाल सरकार, सङ्घ संस्थालगायत सर्वसाधारणलाई खोजी गरी सहयोग गरिदिनुहुन परिवारले अनुरोध गरेको छ ।

 

 

 

रासस