लुटपाटमा संलग्न ३ पक्राउ

मोरङ) २० कार्तिक
नगद लुटपाटको आरोपमा प्रहरीले गएराति भारतीय सीमावर्ती क्षेत्र विराटनगर–२२ भेडियारीवाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगरका जयप्रकाश शाह, वावु मेहतर  र गाउविन्द कुमार शाह रहेको ईलाका प्रहरी कार्यालय रानीका निरीक्षक माधव वोगटीले जानकारी दिए  ।

    उनीहरुले हुलहुज्जत गरी नगद १५ हजार लुटेको स्थानीयवासीले आरोप लगाएका छन् ।   रासस