लडाकू समायोजन नहुँदासम्म संविधान नबन्ने : थापा

स्याङ्जा, १८ कात्तिक 

देशलाई अन्योलपूर्ण स्थितिबाट पार लगाउन नेपाली काँग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन्

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले स्याङ्जाको गल्याङमा बुधबार आयोजित एक कार्यक्रममा यसो कुरा वताएका हुन्

सदस्य थापाले माओवादी हठका कारण मुलुक अस्तव्यस्त बनेको पनि बताए  ।

थापाले भने ‘ नयाँ संविधान बनाउने यो ऐतिहासिक घडीमा माओवादीले उदारता देखाउनुुपर्छ ।’

माओवादीका कारणले देश अन्योलको अवस्थामा गुज्रन हुँदैन, नेपाली काँग्रेस यस्तो स्थिति अन्त्य गर्न जस्तोसुकै त्याग गर्न पनि तयार छ– उनले भने  ।

 

 

 

रासस