हगंकगंमा गोरेले के बोले, के गरे (फोटो फिचर सहित)

Read Time:4 Minute, 44 Second

१४ कार्तिक, हगंगकं

चर्चित जनजाति नेता  गोरेबहादुर खपागींले जुनै ब्यवस्था आएपनि नेपालका सत्ताधारी जातिले आफ्नो स्वार्थको लागि बनाएको चक्रब्यूह तोड्न

धेरै कस्टदायक रहेको बताएकाछन् ।

 

उनले मगरसंघ हगंगकंको मंकीहिलमा आयोजना गरिएको देउसी भैलो कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दे उक्त भनाई ब्यक्त

गरेकाहुन् ।

 

।  शासक जातिलाई देशको माया भन्दा आफ्नो स्वार्थ सर्वाेपरी रहेको पनि उनले दावी गरे  । उलने भने, ‘नेपाल यहाँका आदिवासीहरुको मातृभूमी

पनि हो र पितृभूमी पनि । हामी भोलि बिपत्ति पर्दा कतै जान सक्दैनौ ।

 

 

 

यहि माटोमै शहिद हुने हो । तर शासक जातिहरु बनारस, यूपी, दिल्ली जहाँ गए पनि शरण पाँउछन्, किनकी तिनीहरुको मातृभूमी नै त्यहि हो ।

 

त्यसैले पनि यदि देश सपार्ने हो भने आदिवासीको हातमा शासनसत्ताको चाबी आउनैपर्छ । तर एक जाति हैकमवादी शासकले त्यसो हुन नदिन

न्वरान देखिको  बल लगाइरहेकाछन् ।’ 

 

उनले अब बिस्तारै बढ्दै गएको जातीय चेतले अब यो चाबी हाम्रो हातमा आउने पनि ठोकुवा गरे।

 

 

 उनको भनाई थियो , ‘तर यसका निम्ति हामी प्राणको आहुती दिएर पनि एकजुट हुन जरुरी छ । २० औं शताब्दि हाम्रो भएन तर २१ औं

शताब्दि हामीले राज गछौं गछौं ।’

 

जनजातिका प्रखर वक्ता  विशेष अतिथि केशव सूर्यवंशी मगरले नेपालको राजनीति, जनजातिको समस्या र हालको स्थितिको वारेमा मार्मिक

रुपमा प्रस्ट पारेकाथिए । त्यस्तै नेपाल मगर सघका निवर्तमान अध्यक्ष अर्का विशेष अतिथि यम बहादुर बुढाथोकी मगरले नेपाल मगर संघ र मगर

संघ हंगकंगको सम्वन्ध र सहयोगको बारेमा प्रस्ट पार्दै मगर संघ हंगकंगले गरेको सहयोगको सराहना गरेकाथिए ।

समापनको क्रममा मगरसंघ हगंगकं तथा आदिवासी जनजाति महासंघ हगंगकंका अध्यक्ष एमवि थापा मगरले सवैलाई धन्यवाद दिदै सत्ताधारीहरु

बाहिर बाहिर जति नै विरोधी जस्तो देखिएपनि भित्रभित्र आफ्नो स्वार्थको लागि एकजुट हुन्छन् तर आदिवासीहरु आफु आफुमै मारकाट गर्छन ।

त्यसैले पनि जनजाति आन्दोलन फस्टाउन नसकेको बिश्लेषण सुनाएकाथिए ।  उलने यस्तो भुमरीबाट निक्लन आग्रह गरेकाथिए ।

 

 

 दल चोचागीं मगरको सञ्चालनमा औपचारीक कार्यक्रम सकिएपछि देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन प्रितिमा थापा मगरले

गरेकी थिइन । कार्यक्रममा कौरा, झ्याउरे लगायत आधुनिक नृत्य र गीतहरुको रोचक प्रस्तुति रहेको थियो । तिहारको रीतिलाई जर्गैना गर्दै

देउसी भैलो खेलिएको थियो र अवेरसम्म डि जे डान्स  भएको थियो । 

अतिथिहरुमा नेपाली महासंघ हंगकंगका अध्यक्ष प्रदिप थापा मगर, आदिवासी जनजाति महासंघ हंगकंगका उपाध्यक्ष रीता गुरुगं, मगर संघ

हंगकंगका पूर्व तथा निवर्तमान अध्यक्षहरु ,अन्य जातिय संस्थाका प्रतिनिधि, ब्यवसायी, पत्रकार र विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति  थियो ।

 

 

 

प्रमुख अतिथि गोरे बहादुर खपागीं मगर र विशेष अथितिद्धय यम बहादुर बुढाथोकी मगर र केशव सूर्यबंशी मगरलाई कपडाको ताज पहिराएर

सम्मान पत्रद्धारा अध्यक्ष एम वि थापा मगरले सम्मान गरेकाथिए । संघलाई विशेष योगदान पुर्याउने पूर्व सदस्य तेज राना मगर, निवर्तमान

सदस्य चन्द्र ज्योति आले मगर , काउलुन सहसमितिका अध्यक्ष पदम थापा मगर र सुनिल चुमी मगरलाई सम्मान गरीएको थियो ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %