दोहोरो नागरिकता दिलाउन एनआरएनएको आग्रह

काठमाडौंँ, १५ कात्तिक 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिलाउन उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालासँग आग्रह गरेको छ ।  सङ्घका अध्यक्ष देवमान हिराचनको नेतृत्वमा गएको एक टोलीले मन्त्री कोइरालालाई आज परराष्ट्र मन्त्रालयमा भेटी यस्तो आग्रह गरेको हो ।नेपाली नागरिकता नखोसियोस् भन्ने आफूहरूको माग रहेको बताउँदै अध्यक्ष हिराचनले भने– ‘विदेशमा रहने हाम्रा छोरा, नाति, पनातिले पछिसम्म आफूहरू नेपाली नै रहेछौंँ भन्ने थाहा पाउन् भनेर यसमा जोड दिएका हौँं ।’

    आफ्ना कुराप्रति मन्त्री कोइराला सकारात्मक रहेको उनले वताए । सोही भेटमा टोलीले शान्ति–प्रक्रिया, संविधान लेखन र सरकार निर्माण प्रक्रिया छिटो पूरा गर्न मन्त्री कोइरालासँग अनुरोध गरेको थियो ।    यसैबीच सोही अवसरमा मन्त्री कोइरालाले एनआरएनएलाई जतिसक्दो छिटो आधिकारिकरूपमा दर्ता नम्बर दिलाउन आफू मातहातका कर्मचारीलाई निर्देशन दिएको बुझिएको छ ।

 

रासस