अपडेटेड समाचार अपहरणपछि शिक्षकको हत्या बारा, १४ कात्तिक अज्ञात समूहको अपहरणमा परेका यहाँका एक शिक्षकको हत्या भएको छ । जिल्लाको विसनपूर्वा गाउँ विकास समितिमा अवस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक सुरेश पटेलको गएराति हत्या भएको प्रहरीले जनाएको छ । रासस