खपागीं र सूर्यवंशीको हगंकगंमा स्वागत

Read Time:3 Minute, 54 Second

 

अध्यक्ष एमवी थापा, सूर्यवंशी, खपागीं र बुढाथोकीको क्लोजअप

राष्टिय जनमुक्ति पार्टीका सहअध्यक्ष गोरेबहादुर खपागीं र उपमहासचिव केशव सूर्यवंशीलाई हगंकगं विमानस्थलमा भब्य स्वागत गरिएकोछ । स्वागतमा आदिवासी जनजाति महासंघ तथा मगरसंघ हगंकगंका अध्यक्ष एमवी थापा लगायत जनमुक्ति हगंकगंका कार्यकर्ताहरुको सहभागिता थियो ।

नेताद्धय चीन भ्रमण हुदैं हगंकगं लागेकाहुन् । विमानस्थलमा नेपालबाट त्यहाँ पुगेका नेपाल मगरसंघका निवर्तमान अध्यक्ष यमबहादुर बुढाथोकीको समेत उपस्थिति थियो । नेताद्धयले आइतवार मंकीहिलमा हुने मगरसंघको एक सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि उनीहरुले विभिन्न जनजाति संघसंस्थाका कार्यक्रम र जनमुक्तिका कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिने बताइएकोछ ।

यो पनि पढ्नोस्……………

सुटुक्क चीन गएका नेताद्धय आज हगंकगं पुग्दैछन्

११  कार्तिक,काठमाण्डु

 राष्टिय जनमुक्ति पार्टीका सहअध्यक्ष तथा पूर्वमन्त्री गोरेबहादुर खपागीं र सोही दलका उपमहासचिव केशव सूर्यवंशी आज चीनबाट हगंकगं छिर्देछन् । स्रोतको भनाईमा दुई दिन अघि सुटुक्क चीन भ्रमणमा त्यहाँ पुगेका उनीहरु हगंकगं जान थालेकाहुन् । नेताद्धयले साँघाई एक्स्पो अवलोकन गर्नुका साथै त्यहाँका केहि चिनिया नेताहरुसंग भेटेको बताइएकोछ । को संग भेटे भन्ने बारे उनले खुलाउन चाहेनन् । पार्टीमा समेत यो भ्रमणलाई गोप्य राखिएकोछ ।शाहीकालमा मन्त्री बनेका खपागींलाई कार्वाही गरिएपछि उनले छुट्टै दल खोलेकाथिए । तर त्यसले गति लिन नसकेपछि उनी पुन: जनमुक्तिमा फर्किएकाथिए । अहिले उनी पूरानो दाग पखाल्न प्रयासरत छन् ।

अर्का प्रखर यूवा नेताको रुपमा परिचय बनाएका सूर्यवंशी दोश्रो पुस्ताका प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।नेपाल मगरसंघका पूर्व अध्यक्ष खपागीं र पूर्व केन्द्रिय सदस्य रहिसकेका सूर्यवशी कस्को निमन्त्रणामा चीन भ्रमणमा गए भन्ने बारे गोप्य राखिनुलाई अर्थपूर्ण रुपमा हेरिएकोछ । जनमुक्तिको आउने फागुणमा महाधिवेशन हुन गैरहेको पूर्वसन्ध्यामा गरिएको यस्तो भ्रमणका कारण पनि यस्ता कौतुहलता बढेको बताइन्छ ।केहि साता यता नेपाली नेताहरुको चीनमा लर्काे लागिरहेकोछ । यसमा यी नेताहरु पनि थपिनुले चीन सुस्त हैन आक्रमक रुपमा नेपालमा आफ्नो प्रभाव बढाउन चाहन्छ भन्ने बिश्लेषण गर्न थालिएकोछ ।
यी दुईले आइतवार हगंकगं मकींहिलमा आयोजन गरिएको मगरसंघ हगंकगंको सभालाई समबोधन गर्ने जनाइएकोछ । त्यसपछि जनमुक्ति हगंकगंका कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्ने बताइएकोछ । त्यसबाहेक विभिन्न जनजाति संगठनका कार्यक्रममा सहभागी भई उनीहरु एक साता पछि स्वदेश फर्कनेछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %