कोइराला र अमेरिकी राजदूत वीच भेट

काठमाडौँ, १० कात्तिक 

नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले आज बिहान कोइराला निवास महाराजगन्जमा भेटवार्ता गरेका छन्  ।

    सो अवसरमा नेपालको संविधान निर्माण, शान्ति प्रक्रिया र राजनीतिक गतिरोध अन्त्यलगायतका विषयमा छलफल भएको थियो ।

    भेटमा राजनीतिक गतिरोध अन्त्यको पहल बारेमा राजदूत डेलिसीले चासो राखेपछि सभापति कोइरालाले दलहरुबीच सहमतिको प्रयास जारी रहेको बताएका थिए ।

    अमेरिकाले नेपालको शान्ति प्रक्रिया सफल पार्न सहयोग पु¥याउने राजदूत डेलिसीले बताए ।

    नेपाली काँग्रेस देशको वर्तमान अवस्थाप्रति चिन्तित रहेको उल्लेख गर्दै सभापति कोइरालाले एकीकृत नेकपा माओवादीले विगतका सम्झौताहरुको पालना नगरेकाले अहिले विश्वासको सङ्कट सिर्जना भएको धारणा राखेका थिए । रासस