अर्काको भविस्य बताउने अक्टोपसले आफ्नो मृत्यु देखेनन्, मरे

२६ अक्टोवर, वेलायत

वल्डकप २०१० मा कुन टिमले हार्छ, कसले जित्छ भनि सटिक भविस्यबाणी गर्ने अक्टोपसले भने आफ्नो काल ठम्याउन सकेनन्, अर्थात त्यसको पूवानुमान दिन सकेनन् । आज उनको जर्मनीमा मृत्यु भएकोछ ।दुई प्रतिस्पर्धात्मक राष्टको झण्डा राखिएको बाकसलाई संकेत गरि अक्टोपसले जित्ने हार्ने संकेत गरेको आधारमा गरिएका भबिस्यबाणी ठिक भएकाथिए । । यसले सबैलाई चकित पारेको थियो र यसपटकको विश्वकप फुटवललाई थप आकर्षक बनाएकोथियो ।उनले स्पेनलाई विजय हुने गरेको भविस्यबाणी सहि ठहरिएकोथियो ।

उनलाई म्याडिड म्यद्रिद चिडिया घरमा राख्ने प्रस्ताव आएकोथियो । साथै, स्पेनिश टाउनको अनरी सिटिजनसीप नि दिइएकोथियो ।  उनका बारेमा बृत्तचित्र बनिसकेकाछन् भने क्रिसमसको अवसर पारि उनका बारेमा किताब र खेलौनाहरुहरु निस्कने तयारीमा छ ।

अक्टोपस अनिमलिया किगंडमको सेफालोपडा क्लास अन्र्तगत पर्ने मोलस्कुम प्रजातिको हाडबिहिन प्राणीमध्ये अत्यन्त बुद्धिमानी  सामुद्रिक जिव हो । साधारण अक्टोपस २ बर्ष भन्दा बढी बाँच्दैनन् ।