सांघाई बसाईको अविस्मरणीय ५ दिन (फोटो फिचर सहित)

Read Time:5 Minute, 31 Second


 

१९ अक्टोवर २०१०
मगर संघ हंगकंग र नेपाल आदिवासी जनजाति महासंघ हंगकगका अध्यक्ष  एमबि थापा मगरको नेतृत्वमा १० जना महिला सहित ४४ जनाको टोली चाइनाको संघाई एक्स्पो २०१० हेर्न दुइ वटा उडानबाट पुदोड अन्र्तराष्ट्रिय विमानस्थल हुदै बेलुका ८ बजे प्यासीफिक ब्रिज होटलमा पुग्यो ।
 हगंगकं सरकारको आर्थिक सहयोगमा भ्रमणको आयोजना माथिको दुई संस्थाले गरेकोथियो ।

 

२० अक्टोबर
यो टोली  विहान गाइड सहित १० बजे एक्स्पो गेट पुगेको थियो । १६० यूआन शुल्क तिरेपछि  कडा सुरक्षा जाँच पार गर्दै नेपाल लगायत विभिन्न देशका मण्डप अवलोकन गरेको थियो जहा १९० देशको सहभागिता रहेको थियो । भिडभाडमा धेरै जनाको समूहमा एकैचोटि हिड्दा  समस्या हुने भएकोले  ५ समूहमा बाडिएर हिंड्यौ  । नेपालको बौद्ध स्तुपाको रुपमा त्यहा पनि स्तुपा र मूर्तिकला कुदिएको भवन बनाइएको निकै आर्कषक देखिन्थ्यो ।यो नेपाल मण्डप सर्वाेत्कृष्ट १० मा पर्न सफल भएको जानकारी आयोजकबाट दिइयो ।

एसियाको प्राय जसो पेभिलियनहरुमा बिक्रीको लागि राखिएको बस्तु र भिजुयल खरिद गर्नेहरुको त्यत्तिकै भीड थियो ।  अस्ट्रेलिया र यूरोपको प्राय सबैको भिजुयल मात्रै देखाइएको थियो । अफ्रिकन देशको बुथहरु एउटै भवन भित्र राखिएको थियो र सवै जसो बुथमा बिक्रिको लागि समानहरु राखिएको थियो  ।

 

२१ अक्टोबर
 सांघाइका चर्चित ठाँउहरु हेर्न गाइड सहित निस्कियौं । शुरुमा जेड बुद्ध हेर्न गयौं । यह“ा एउटा जेड वा ढुङामा बनेको बुद्धको मूर्ति राखिएकोथियो । त्यसपछि पुरानो बजार हेर्न गर्यौ जहाँ अत्यन्त पुरानो देखि  आधुनिक भाडाकुडा, कपडा र अन्य समानहरु हेर्न तथा किन्न पाइने रहेछ । त्यसपछि बन्ड भन्ने ठाउमा  पुग्यौ जहाँ २० वटा विभिन्न देशको आर्टिटेक्चरहरुले बनाएको भवन देख्न पाइयो जसमध्ये ओरियन्टल पअल टावर विश्व प्रसिद्ध छ ।

यसको उचाई ४६८ मिटर छ । यसको विचमा ठूलो र माथि  बल आकारको डल्लो देखिने दृश्यावलोकन गर्नको लागि तला बनाइएकोछ जहाँवाट पुरै संघाई देख्न सकिन्थ्यो । माथिल्लो बल आकारमा घुम्ने रेष्टूरेण्टमा खाना बसेपछि विस्तारै घुम्ने यसबाट पुरै संघाई हेर्न सकिन्छ


 

२२ अक्टोबर  
सवैलाई आपूmखुशी घुम्न र सपिगंको लागि दिइएको समयलाई उपयोग गर्दे हामी सांघाई म्यूजियम हेर्न गयौ जहाँ परम्परागत पोशाक लगायत जेडको गहना, भाडाकुडा र मुद्राहरु हेर्ने अवसर मिल्यो । यी ११औ शताब्दिका थिए ।  त्यस्तै विज्ञान र प्राविधिक म्यूजियम पनि हेर्ने अवसर मिलेको थियो, जहाँ पुरानो देखि लिएर हालसम्म बनेको रकेट र अन्तरिक्ष यान लगायत यात्रुले लगाउने लुगा र खाना पनि देख्न सकिन्थ्योे ।
सपि¨ गरेर फर्कदा रोचक घट्ना घट्यो ।  छुट्टाछुट्टै सपिगंमा गएकाहरुले पालैपालो आफ्नो सामान निकाल्दै देखाउन थाले । तर एउटै स्तर र उस्तै समानलाई कसैले १५० यूआन त कसैले २२० यूआन सम्म तिरेको पाइयो ।

२३ अक्टोवर
 विहानभर प्राय सवै सपिगंमा ब्यस्त थिए । आज हगंगकं फर्कनुथ्यो । १२ बजे होलटबाट चेक आउट भई समूह मिलेर हंगगोइओ अन्तराट्रिय विमान स्थलबाट ३ः३० मा संघाई एअरलाइन्सको उडान हुदैं ६ः१० मा बेलुका हंगकंग अवतरन भयौं ।

यस भ्रमण टोलीमा विभिन्न जातजाति तथा धर्मालम्वीहरु बुद्धिजिवी, पत्रकार, ब्यावसायी, भूपू सैनिक र आदिबासी वर्ष पुरुष साथै मलायाको जंगलमा दुशमन र अजिङगर संग लडेका साहसिक पुरुष सम्मको सहभागिता  थियो । साच्चै भन्नु पर्दा पूरा समाबेशी भ्रमण थियो यो ।  यो अविष्मरणीय कार्यक्रमको आयोजना र तर्जुमा गर्नु हुने अध्यक्ष एमवि थापा मगरज्यूलाई धेरै धेरै धन्यवाद दिदै हामी आ आफ्ना बातसस्थानतर्फ लाग्यौ ।

( भ्रमण टोलीका सदस्य  तथा लेखक भीम थापा मगर  मगर संघ हङ्कङ्का भू.पू. महासचिव हुन् )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %