लम्जुङ सेवा समिति हंङकंङको भेट्घाट कार्यक्रम

 

अक्टुबर २४ हंङकंङ
 साम्सेपो स्थित मंकीहिल डाँडामा लम्जुङ सेवा समिति हंङकंङको दशै तिहार शुभकामना आदान प्रदान तथा भेटधाट कार्यक्रम  सम्पन्न भयो । कार्यक्रमका सभापति संघका  अध्यक्ष श्री सत्य प्रसाद घले थिए  ।  प्रमुख अतिथीमा हंङकंङ स्थित वाणिज्य महादूत श्री विनोद प्रसाद उपाध्य उपाध्याय थिए  भने विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको कार्यक्रममा  उपस्थिती थियो ।

 संस्थाका उपाध्यक्ष  कुमा राज गुरूङले स्वागत मन्तव्य  दिएकाथिए  भने संस्थाका सचिव  मेख देव गुरूङले कार्यक्रम संचालन गरेकाथिए । विभिन्न संस्थाका प्रतिनिधिहरूबाट शुभकामना मन्तव्य पश्चात प्रमुख अतिथिबाट संस्थाको मुखपत्र “मर्श्यादी” विमोचन गरिएको थियो ।

हुम थापा