म्याग्दीबासीहरुको मंकीहिलमा दशै तिहार कार्यक्रम

 
२४ अक्टुवर २०१०
 साम्सेपो स्थित मंकीहिल डाँडामा मोना हंङकंङको दशै तिहार कार्यक्रम सम्पन्न भयो । इन्जीनियर हर्क नारायण पुन मगर कार्यक्रमका

प्रमुख पाहुना थिए । दल बहादुर सेरवुजा मगरको  सभापतित्व र महिला विभाग प्रमुख सीला जुग्जाली मगरको  स्वागत मन्तव्य रहेको 

कार्यक्रम सहसचिव रूपा पुन मगरले संचालन गरेकीथिइन  ।

 विभिन्न संघ संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरू र विभिन्न संचारमाध्यमका पत्रकारहरूले  शुभकामना मन्तव्य दिएका थिए

भने IEC (International Executive Committee) का सदश्य तुल्मराज राम्जाली मगरले मोना २०६६ साल फागुन ५ गते जिल्ला

प्रशासन कार्यालय म्याग्दीमा गैर सरकारी संस्था को रुपमा  दर्ता भएको  जानकारी

 

गराए ।

                                                                                                                                                      हुम थापाबाट