घर फर्कने, ऋण तिर्ने र स्वदेशमै बस्ने पूर्णको सपना दैवले चुड्यो (एउटा गरिबको लौहमर्षक कथा)

Read Time:4 Minute, 52 Second

पुर्णको परिवार

 ६५ बर्षीय बाबु आईते र ६० बर्षीया आमा सेती कुमारी बिक  न कसैको मेला पात गर्न सक्छन न त राम्रोसंग समाजमा बोल्न सक्छन । घरी घरी छोराको यादले मुर्छीत पर्छन ती बृद्धा बाबु आमा ।  छोराले विदेश जादा अङकमाल गरेर आफुलाई ढोग गरेको बातरबमर सम्झिन्छिन् आमा सेती । उनी भक्कानो छाड्दै भन्छिन्, ‘घरमा धेरै दुख छ जागिर पनि पाईन, मिलेर बस धेरै पैसा कमाएर ल्याउछु अनि राम्रो घर बनाएर बसौला भन्दै ढोग गरेर बिदाईका हात हल्लाउदै बिदा भएको पुर्णे लाई दैबले चुँडेर लग्यो । ‘आफ्नो श्रीमतीलाई सान्त्वना दिइरहेका पुर्णका बुवा आइते भन्दैदिए, ‘ऋण माथि ऋण थपिदै गयो । अब कमाउनेलाई पनि दैवले लग्यो, खाने खर्च पनि छैन, कसरी छाक टार्ने ? ‘

  पुर्ण विक : अब तस्वीरमा मात्र

 

 बुवा  आमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 घर जग्गाको नाममा दुई कोठे सानो झुप्रो छ । बिदेश  जादा लिएको ऋण मात्र छैन  एक दशक भन्दा पहिले देखि  घरखर्च चलाउन लिएको ऋणको भारी छ । ऋणमा चुर्लुम्म डुबेको पुर्णको परिवारमा हिजोआज एक छाक खाने खानाको समेत अभाव छ । दुवईमा कमाउन गकएा कास्की सार्दीखोला ९ चौराका २८ बर्षीय पुुर्ण बहादुर बिकको १२  अक्टुवर (२६असोज ) मा निधन भएपछि उनको परिवारको बिचल्ली परेको छ ।  विक साथीहरुसंग भलिवल खेलेर फर्किएर सुतेका विक फेरि कहिल्यै उठेनन् । उनको मृत्यु ह्दयघातबाट भएकोथियो । उनी  सात महिना अघि मात्र त्यहाँ पुगेकाथिए । उनले त छाडेर गए तर साथमा  आफ्ना परिवारलाई ठूलो संकटमा छाडेर गए ।

करीब ८ बर्ष पहिला पुर्णसंग भेट भई मायाप्रिति  बढेपछि विवाहबन्धनमा बाँधिएकी  लक्ष्मी विकका दुखका दिन सम्झेर उनी कहालिन्छिन् । उनी भन्छिन्, ‘पिर नगर बाबु आमा र छोराछोरीको राम्रो रेखदेख गर्नु वेलावेलामा फोन गर्नु भन्दै अङकमाल गरी बिदाई भएका श्रीमानको ५ महिनामा मुर्दा शरिर घरमा आयो । उनीसंग  दशैंमा सुखदुखका कुरा गरौंला भन्नेथियो ।’ पुर्णका ४ बर्षीय समिल विक र ७ बर्षीय मन्जु विक सार्दीखोलाको प्राथामिक बिद्यालयमा अध्ययनरत छन् ।   मन्जु दुई र समिल कक्षा एकमा पढ्छन ्।

करीब डेड लाख ऋणमा रहेका पुर्णलाई बिगतदेखि उनका गाँउले समाजसेवी यामबहादुर गुरुङले सघाउदै आएका छन । पुर्णको घरमा भई परी आउदा पुर्णको शव काठमाण्डौबाट घरमा ल्याउदा समेत सहयोग गरेका गुरुङले पुर्ण बिदेश जादा र घरमा नुन तेल किन्दा गरि हाल एक लाख २२ हजार ऋण भएको बताए । पुर्णको घरमा नुन तेलको लागि चाहिने २० रुपैया खर्च पनि ऋण बाट चल्नेगरेकोछ ।

 

पुर्णको घर

यामबहादुरको घरमा करीब ७ बर्ष काम गरेका पुर्णले भारतको पन्जाबमा  गई ४ बर्ष काम गरी पुनः घरमा आएर ३ बर्ष हलो जोत्ने काम गरेका थिए । कामको त्यसपछि साउदीमा करीब डेड बर्ष बिताएका पुर्णले पुनः घर फर्किएर एक बर्ष घरमै रहेर काम गर्न थालेकाथिए ।  ऋणले च्यापेपछि फेरि दुबई पुगेका पुर्ण त्यसपछि  कहिल्यै घर फर्किनएन् । उनको ऋण तिर्ने र घर बनाउने सपना अधुरै रहयो । लक्ष्मीका दिदि चिजा कुमारी विकको भनाईमा पूर्णको इमान्दारिताले गर्दा नै उनलाई साहुले  ऋण पत्याउने गरेका थिए । उनी भन्छिन्,  ‘ज्वाईले ६ बर्ष बिदेश बसेर ऋण  तिरेर आफ्नै घरमा फर्किइ भैसी पालेर बस्ने योजना सुनाउनुहुन्थ्यो ।

             छोरा छोरी
 

 

दिननाथ बराल
पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %