किरात साम्पाङ राईले दशै तिहार कार्यक्रम आयोजन गर्यो

Read Time:1 Minute, 13 Second

 अक्टुबर २४ हंङकंङ
 साम्सेपो स्थित मंकीहिल डाँडामा किरात साम्पाङ राई जुम्लेखा हंङकंङले वार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्‍यो । किरात राई यायोखा हंङकंङका अध्यक्ष  किसन राईले दिप प्रज्वलित गरी उद्घाटन गरेको कार्यक्रममा हरिचन्द्र राईको सभापतित्व थियो ।

संस्थाकै उपाध्यक्ष श्री तेज कुमार राईले  स्वागत मन्तव्य  थियो भने समितिका सल्लाकार शशीमदन राईले कार्यक्रम  संचालन गरेका थिए ।
प्रमुख अतिथी राईले मन्तव्यको क्रममा भाषा, धर्म, संस्कार र संस्कृतीको जगेर्ना र किरात साम्पाङ युवाहरूको सर्मपणमा जोड दिदै आजभोली कतिपय मानिसहरूले दशैं पर्वलाई बहिस्कार गर्दै गइरहेको र कतिले मान्दै गइरहेको परिवेशमा यसलाई एकपटक संगैं  बसेर वहस गर्नुपर्ने  बताए ।

हुम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %