उत्पादनमुखी भन्दा परम्परामुखी छ संचार

Read Time:3 Minute, 27 Second

 

पर्वमा लामो समय विदा लिने प्रिन्ट मिडियाको मनोपोली  सवैभन्दा नकारात्मक पक्ष हो । नेपालमा दुई चार वटा ब्यवसायिक पत्रिकाको मात्र वोलवाला छ, पुहँच छ । यस्तो अवस्थामा मिडिया वन्द गर्नु पाठकलाई सुचनावाट वञ्चित गर्नु हो ।

नारायण शर्मा  अध्यक्ष  नेपाल प्रेसकाउन्सिल

  नेपालमा लामो विदा लिने नराम्रो प्रवृति छ । नेपाली समाज उत्पादनमुखी भन्दा परम्परावादी सोचवाटै चलिरहेको छ ।  काममा समर्पित भएर लाग्ने र त्यसैमा रमाउने संस्कार विकास भएको छैन । अरु क्षेत्र झैं पत्रकारिता क्षेत्र पनि यसरी नै चलिहेको छ ।   लामो समय मिडिया वन्द गर्नु हुदैन ।

अत्यावश्यक विदामा कसरी कामलाई निरन्तरता दिइरहने भन्ने मिलाउनु पर्दछ, ईलेक्टोनिक्स मिडियाले झै । इलेक्टोनिक मिडियाहरुले दशै पर्वमा कम खोजी र सामान्य समाचार दिएर पनि मिडियालाई निरन्तरता दिइरहेकैछन् । जवकी पत्रपत्रिका मुल्याङकन र राष्ट्रिय स्तरमा गनिन वार्षिक ३  सय अंक र साप्ताहिक ४० अंक निकाल्नु पर्ने मापदण्ड पनि छ ।

जनताको करवाट चलेका सरकारी मिडिया एक एक हप्तासम्म वन्द गर्नु राम्रो होइन ।  जनतालाई सुचना दिन सरकारी मिडियामाथि ब्यवसायिक मिडियाको भन्दा वढी दायित्व छ । सरकारी मिडियामा लामो विदा लिने विषयमा अझ गम्भीर हुनुपर्दछ तर त्यो भएकै छैन ।
 संस्थावाट नियमअनुसार पाउने विदामा पत्रकार स्वंयले पेशागत क्षेत्रमै उपयोग गर्ने मौका पनि हो । लामो विदामा पत्रकारले  केही गर्ने मौका पनि पाउँछ , त्यो पक्ष राम्रो भएपनि विदाको सदुपयोग गर्न पनि सिक्नु पर्दछ । त्यो देखिदैंन ।

मिडिया समावेसी भएकोभए लामो विदामा  वन्द गर्नुपर्ने अवस्था हुदैन थियो । आलोपालो गरी पत्रकारहरु विदामा वस्न सक्थे , अहिले त कहिले दशै आउला र लामो विदा वस्न पाइला भन्ने पर्खेरे वसेका हुन्छन् पत्रकारहरु, यो राम्रो होइन । पर्व  सवैले मनाउनु पर्दछ । तर काम र पेसागत धर्म नै छोडेर चाहि होइन ।

कतिपय मिडिया दशैका लागि नै जन्मिएका हुन्छन् । पर्वमा निकै सक्रियतासाथ चलाउने र विज्ञापन लिने प्रवृति पनि छ । तर सवैलाई यही सुचिमा राख्न सकिन्न । समग्रमा मीडियालाई परम्परागत ढर्राबाट चलाउने कि परिवर्तित समय अनुरुप चलाउने भन्नेमा बहस चलाउनु जरुरी छ ।

गोविन्द लुइँटेलले  गरेको कुराकानीमा आधारित

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %