उपराष्ट्रपति चीन प्रस्थान

काठमाडौँ, ४ कात्तिक 

उपराष्ट्रपति परमानन्द झा ११ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सरिक हुन चीनको सिचुआन प्रान्तको चेङ्दुतर्फ आज प्रस्थान गरेका छन्  ।

    उनलाई परराष्ट्र मन्त्री सुजाता कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा विदाई गरिन  ।

    प्रस्थान गर्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उपराष्ट्रपति झाले नेपाल–चीन बीचको व्यापारिक सम्बन्ध बढाउने विषयमा त्यहाँका उच्चस्तरीय सरकारी पदाधिकारीसँग कुराकानी गरिने जानकारी दिए ।
    परराष्ट्र मन्त्रालयका अनुसार उनले यही कात्तिक ५ गते हुने अन्तर्राष्ट्रिय सहयोग मञ्चमा पनि सहभागी भई सम्बोधन गर्नेछन् ।

उनको चार दिने सो भ्रमणमा मन्त्रिपरिषद् सचिवालयका सचिव विमल वाग्ले, उपराष्ट्रपति कार्यालयका सचिव बज्रकिशोरप्रसाद साह, परराष्ट्र मन्त्रालयका सहसचिव रुद्रकुमार नेपालसहित आठजना सहभागी छन् ।  उनी  कात्तिक ७ गते स्वदेश फर्कने छन् ।
रासस