अरिङ्गालले चिलेर महिलाको मृत्यु

दाङ, ४ कात्तिक । रोल्पामा अरिङ्गालले चिलेर एक महिलाको मृत्यु भएको छ ।

रोल्पा जिल्लाको बडाचौर गाविस–९ निवासी चैती परियारलाई हिजो दिउँसो अरिङ्गालले चिलेको र गएराति मृत्यु भएको बताइएको छ ।

    हिजो दिउँसो जङ्गल गएका बेला अरिङ्गालले चिलेको भए पनि नजिकै अस्पताल नभएका कारण उपचार गराउन नसकिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रासस