सांघाइ एक्स्पोले बुद्धलाई नेपाली बनायो !

Read Time:1 Minute, 41 Second

 हगंकगं सरकारको सहयोगमा प्रतिनिधिमण्डलहरुलाई आदिवासी जनजाति महासंघ र मगरसंघ हगंकगंले निशुल्क भ्रमणमा सांघाइको शयर गर्न

ल्याएको हो ।

 

सांघाई २० अक्टोवर

आदिवासी जनजाति महासंघ हगंकगं र मगरसंघ हगंकगंको आयोजनमा सांघाइ एक्स्पो २०१० अवलोकन गर्न हगंकगंबाट उडेका १० महिला सहित

४ ४ जना प्रतिनिधिमण्डल हिजो बेलुकी ६ बजे सांघाई आइपुग्यो । आज दिनभर सांघाइ एक्स्पो अवलोकन गर्यो । एक्स्पोमा १९० देशका पेभिलियन

राखिएकाछन् । जसमध्ये नेपालको टेल्स अफ काठमाण्डू नाम दिइएको नेपाली मण्डप अत्यन्त मनमोहक र आकर्षक मानिएकोछ । सबैद्धारा रुचाइएकोछ ।

त्यसैकारण उत्कृष्ठ दशौ नंबरमा पर्न सफल भएकोछ ।

नेपाली मण्डप दैनिक ५० हजारले अवलोकन गर्ने गरेकाछन् । अहिलेसम्म ६० लाखले अवलोकन गरेको बताइएकोछ ।

नेपाली मण्डप निर्देशक अमृतराज शाक्यको भनाईमा विदेशीहरुले पुस्तकमा बुद्ध भारतको उत्तरप्रदेशमा जन्मिएको पढिरहेको अवस्थामा उनी

नेपालमा जन्मिएको भन्ने यहाँ आएर थाहा पाएपछि अचम्म मान्ने गरेकाछन् । उनी भन्छन्, ‘यसैले पनि यो एक्स्पोबाट यो सन्देश विश्वभर

फैलिएकोले यसको दुरगामी महत्व रहनेछ ।’
भीम थापा र लक्ष्मण थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %