सत्तरी जिल्लामा शान्ति समिति गठन

काठमाडाँ ३ कात्तिक 

शान्ति तथा पुननिर्माण मन्त्रालयले शान्ति प्रक्रियामा स्थानीय नागरिकको सहभागिता होस् भन्ने उद्देश्यले ७० जिल्लामा स्थानीय शान्ति समिति गठन गरेको जनाएको छ ।

    मन्त्रालयका सहसचिव हरिप्रसाद दवाडीकाअनुसार ती जिल्लाका सात नगरपालिका र ५९७ गाउँ विकास समितिमा शान्ति समिति गठन गरिएका छन् ।

    रामेछाप, सिन्धुली, गोरखा, तनहँ र कास्की जिल्लामा भने अझै  समिति गठन हुन सकेका छैनन् ।

    स्थानीय नागरिकहरूबीच सहमति हुन नसक्दा ती जिल्लामा समिति गठन गर्न नसकिएको मन्त्रालयले जनाएको छ ।

    दलहरूबीच बृहत शान्ति संझौतामा हस्ताक्षर भएपछि मन्त्रालयले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन जिल्ला तहमा स्थानीय शान्ति समितिहरू गठन गर्दै आएको छ ।

    सहसचिव दवाडीका अनुसार ती समितिहरूमा माओवादी पीडित, राज्यपक्षबाट पीडित, नागरिक समाजका सदस्य, राजनीतिक दलका पदाधिकारीसहित ३३ प्रतिशत महिला सहभागी हुने गरेका छन् ।

 

 

 

रासस