घुम्न आएका विदेशी पर्यटक दशैमा मस्त

 

 चितवन (रत्ननगर), ३ कात्तिक ।

चितवनको सौराहामा आएका पर्यटकले चितवनको सौराहामा घुम्न आएका विदेशी पर्यटकले

नेपालीले झैँ टीका लगाउँदै आशीर्वाद लिएका छन् ।

नेपाल भ्रमणमा आउने पर्यटकहरु पनि नेपाली संस्कार अनुसारका चाडपर्वमा रमाउने गरेको

पर्यटन व्यवसायीहरु बताउँछन् ।

दसैँको टीकाको दिन पर्यटकहरुले टीका थाप्ने गरेकोे क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष

शङ्कर सँैजुले बताए ।
 
दसैँमा हालिएका लिङ्गे पिङ, रोटे पिङमा पर्यटक पनि मच्चिने गरेका छन् ।

विजया दशमीको टीकाको दिन टीका, जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने प्रचलन निकै

रमाइलो रहेको फ्रान्सबाट आएका पर्यटक डेविटले बताए  ।

पर्यटन ब्यवसायी सैजुका अनुसार यसपालि विगत वर्षको तुलनामा २० प्रतिशतले बढी विदेशी

पर्यटक सौराहा आएका छन् ।

भरिभराउ छन अन्य भारतीय तथा आन्तरिक पर्यटकहरुको अत्यधिक आगमनले सौराहाका

होटलहरु यतिबेला  खचाखच छन् ।

रासस