सत्तरी लाखभन्दा बढीले हेरे नेपाली मण्डप

Read Time:1 Minute, 42 Second

    ध्रुव पौडेल

    बेइजिङ, २ कात्तिक
 औद्योगिक सहर साङघाईमा साढे पाँच महिनाअघिदेखि सुरु भएको वल्र्ड एक्स्पोअन्तर्गत सञ्चालित नेपाली मण्डपको ७० लाखभन्दा बढीले अवलोकन गरेका छन् । एक्स्पो सुरु भएको एकसय एकहत्तरौं दिन हिजोसम्म ७० लाख आगन्तुकले नेपाली मण्डपको अवलोकन गरेका नेपाली मण्डपका निर्देशक विनायक शाहले बताए  । एक्स्पोमा नेपाली मण्डमा अन्य देशका दस उत्कृष्ट एवम् लोकप्रिय मण्डपमा पर्न सफल भएको जनाए  ।

    निर्देशक शाहका अनुसार नेपाली मण्डपले मुलुकको कला र संस्कृतिको प्रचारप्रसारका अतिरिक्त नेपाल भ्रमण वर्ष–२०११ र आगामी पुसमा काठमाडाँैमा आयोजना हुने पाँचदिवसीय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) व्यापार मेलाको प्रवद्र्धन गरिरहेको छ । विजयादशमीको अवसरमा नेपाली मण्डपमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनुका साथै पाओशान जिल्लामा अवस्थित पाओशान अन्तर्राष्ट्रिय लोककला प्रदर्शनी केन्द्रमा हिजोदेखि नेपाल कला प्रदर्शनी सुरु भएको छ ।

    एक्स्पोमा नेपाल ‘इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप’ले नेपाली मण्डपको स्थापना एवम् सञ्चालन गरिहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %