नेपाली साहित्यमा हङ्कङको योगदान सम्बन्धमा तयार शोधपत्रमाथि छलफल

Read Time:2 Minute, 0 Second

नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजनमा ‘नेपाली साहित्यमा हङ्कङको योगदान” त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौँ पत्रको प्रयोजनका लागि शोधार्थी दीपक सुवेदीले तयार पारेको शोधपत्रमाथि आज सनराइज पत्रिकाको कार्यालय जोर्डनमा विमर्श कार्यक्रम सम्पन्न भयो ।

नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत प्रतिष्ठानका सदस्य डिबी पालुङवा, शोधपत्रबारे संक्षिप्त जानकारी सचिव देश सुब्बाले गराएका थिए ।  नेपाल र भारतपछि  नेपाली साहित्यबारेमा हङकङको यो पहिलो शोधपत्र भएको र हङकङको साहित्य बारेमा डा.गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट बि.ए.को तेस्रो वर्षको ऐच्छिक नेपालीमा पढाइ हुने कुरा पनि जानकारी गराए ।
 सनराइज साप्ताहिकका भूपेन्द्र चेमजोङ, एभरेष्ट साप्ताहिकका किसन राई, साब्लाबुङ साहित्यिकका राजकुमार राई, कवि प्रकाश छाङछा, समुच्च विचारकी दीपा राई, प्रतिष्ठानका सदस्य दिल पालुङ्वा नेपाल कुश्शा र उपस्थित व्यक्तिहरूले सल्लाह र सुझाव दिए ।  शोधपत्रलाइ पुस्तकको रुपमा प्रकाशित गर्ने जनाइएकोछ ।
                                                                            

देश सुब्बा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %