कतारमा भैलो खेलिने

Read Time:2 Minute, 26 Second

दोहा, अक्टुबर १३

मनकामना नेपाली साँस्कृतिक परिवार कतारले आगामी नोभेम्बर १२ मा साँस्कृतिक कार्यक्रम ‘दिपावली साँझ’ आयोजना गर्ने भएको छ । नेपाली कला र सँस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले स्थापित यस संस्थाले संचालन गरेको ‘नेपाली कला केन्द्रको सहयोगार्थ’ हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रममा स्थानिय कलाकारको  प्रस्तुती रहने छ । कार्यक्रम केरला कल्चर सेन्टर मुन्ताजामा हुनेछ । सो कार्यक्रम सम्पन्न गर्न विभिन्न समितिहरुको  गठन गरि सकेको जानकारी प्राप्त भएको छ । कार्यक्रम संयोजक आश बहादुर गुरुङका अनुसार, कार्यक्रम व्यबस्थापनको जिम्मेवारी गणेश बानियाँ, कलाकार व्यबस्थापन- सविना बानियाँ, प्रचार प्रसार – लक्ष्मण खनाल, आर्थिक व्यवस्थापन- रेशम सारु मगर, स्वयंसेबक परिचालन- मान बहादुर सेवहाङ, महिला व्यवस्थापन- सिता सेबहाङ, र यातायात व्यवस्थापनको लागि दुर्गा प्रसाद आचार्यलाई जिम्मेवारी दिईएको छ । साथै नृत्य संयोजन कुन्दन क्षेत्री, संगित संयोजन जिवन श्रेष्ठ, नृत्यको लागि नृत्य निर्देशक सुवास लिम्बुले सम्हालेका छन् ।कार्यक्रमको लागि बुधवल गुरुङ , श्रीकृष्ण भट्टराई, टुकराज अर्याल रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।

गोरखा सेवा समाज कतारको संरक्षकत्वमा स्थापित यस संस्थाको यस कार्यक्रमको लागि विशेष सहयोगी संस्था गोरखा सेवा समाज कतार र तमू साँस्कृतिक परिवार कतार रहेको छ भने www.gorkhalionline.com अफिसियल मिडिया रहेको छ ।

तमू समाज डटकमबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %