गाँउमा पहिलो चोटी गाडी पुग्यो

    दाङ (तुलसीपुर) ३० असोज
 जिल्लाको विकट गाउँ विकास समिति हाँसीपुरको देवीकोटमा पहिलोपटक गाडी पुगेको छ । पच्चीस लाख रुपैयाँको लागतमा–९ मौरीघाटदेखि हाँसीपुरको देवीकोटसम्मको सात किलोमिटर बाटो निर्माण सम्पन्न भएपछि उक्त गाउँमा गाडी पुगेको छ ।

    एउटा जिप र दुईवटा ट्याक्टर लिएर हिजो साँझ देवीकोट पुगेका तीनजना चाकलाई गाउँलेले स्वागत, सत्कार गर्नुका साथै गाडीको पूजा पनि गरेका थिए ।

 

 

 

 रासस