दशैं नमान्नेहरुको दशैं कसरी बित्छ

Read Time:12 Minute, 33 Second

गोविन्द लुइटेल र मेजन पुन मगरको रिपोर्ट

बहुसास्कृति समाज हो नेपाल । सय बढी जातजाति बस्ने समाजमा सबैको आ आफ्नै संस्कार संस्कृति हुन्छ । तर हिंजो केन्द्रिकृत सत्ताले एउटा धर्म, एक भाषा, एक भुषा र एक संस्कृति लाड्यो । दशैलाई पनि त्यहि कोटीमा राखिन्छ । हिंजो जसरी पनि मनाउनुपर्ने पर्व आज इच्छाधिनमा झरेकोछ ।
धेरैले दशैलाई आआफ्नै रुपमा ब्याख्या बिश्लेषण गर्छन । त्यसरी नै मनाउछन् । हामीले भिन्न क्षेत्रका केहि ब्यक्तिहरुसंग यहि बिषय केन्द्रित कुरा गरेकाथियौं । भोलि टिकाको दिनमा तपाइहरुको के कार्यक्रम छ भनि सोधेकाथियौं । बिशेषगरि कम्यूनिस्ट र जनजाति आन्दोलनकर्मीहरु जसले दशैं बहिस्कार र परित्याग गर्देआएकाछन् , उनीहरुसंग त्यसबारे कुराकानी गरेकाथियौ ।

सैद्धान्तिक धरातलका ठूलठूला प्रवचन फलाक्ने नेपालका कम्यूनिस्टहरु कुनै धर्म, संस्कृति, भाषाप्रति सापेक्ष हुदैनन् भन्छन् । अझ बिशेषगरि प्रतिगमनतर्फ धकेल्ने संस्कारको त उनीहरु आफुलाई दुश्मन नै बताउछन् । नेपालमा हिन्दुधर्म र संस्कारले उत्पिडित वर्गमा सबैभन्दा बढी साम्राज्यवादी नीति फैलाउने काम गरेको हुनाले कम्युनिस्टहरु यसका  कट्टर आलोचक रहेको बताएर थाक्दैनन् । यस्तो भनाइलाई उनीहरु गर्व साथ लिने गर्छन ।

हाल नेपालमा सबैभन्दा बढी कम्यूनिस्टका नाममा मत बटुल्ने दलहरुको बाहुल्य छ । संसद र संविधानसभामा उनीहरुकै बाहुल्य छ । अर्थात उनीहरु यी सबै क्रान्तिकारिता पढाएर मत माग्छन् । तर ति नै बढी धर्मभीरु, पूरातन संस्कृति फैलाउने र आफ्नो जातीय स्वार्थमा लिप्त भएको देखिन्छन् । दशै पनि उनीहरुकै भाषामा एउटा सामन्ती पर्व हो । त्यस्तो पर्वलाइ उनीहरुले कसरी हेरिरहेकाछन् ? जवाफ खोज्ने प्रयत्न गरिएकोछ ।युद्धकालमा माओवादीले जनजातिलाई आकर्षित गर्न दशै बहिस्कारलाई ठूलो मुद्दा बनाएकाथिए । किनभने त्यतिबेला गोरेबहादुर खपागींहरुले चलाएको दशै परित्याग आन्दोलन उत्कर्षमा थियो । मगर जनजाति केन्द्रित रहेको माओवादीलाई खपागींको नेतृत्वमा रहेको नेपाल मगर संघले मगरको धर्म बुद्ध हो भन्ने आन्दोलनलाई उपेक्षा गर्न नसकेकै कारण पनि उसलाई बहिस्कारको यो राजनीतिमा संलग्न हुनु पर्ने बाध्यता थियो ।

माओवादीले रोल्पा रुकुममा दशै बहिस्कार र संस्कृत बिषयको बिरोधी आन्दोलन नै छेडेकोथियो । त्यो आन्दोलनप्रति इमान्दार छु भन्न पनि माओवादीका नेताहरुले दशैमा टिका लगाउने भोज खाने प्रथालाई छाडेकाथिए । त्यसैको देखासिखी गरेर साना नेताहरुले पनि त्यसै गर्ने गर्दथे । र, दशैको बिरुद्ध  बिषबमन नै गर्दथे । तर पछिल्लो समय पहिचानको राजनीति बढेपछ िमाओवादीका नेताहरु फेरि पूरानै संस्कृति अपनाउन थालेकाछन् । हिन्दुको महान पर्व दशै धुमधामले मनाउन थालेकाछन् ।तर प्रचण्ड लगायत केहि शीर्ष नेताहरुले भने अझै पनि आफुहरुले दशैलाई महत्व नदिएको  बताएकाछन् । अन्य दलका  नेताहरु भने  कुन ैन कुनै रुपमा दशै भब्य मान्छन् । जनजाति नेताहरु चाहि दोधारे चरिका देखिएकाछन् , ताक परे तिवारी नत्र गोतामे ।

नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकास) दशैलाई धार्मिक पर्वको रुपमा मनाउने नगरेको वताउँछन् । उनी भन्छन् ‘ म कम्युनिष्ट हुनु भन्दा अगाडि पनि चाडपर्व प्रति रुचि नै थिएन । आमासँग टिका नै लगाइन । कम्युनिष्ट्र भएपछि दशैको वेला पूर्णकालीन कार्यकर्ताहरुसँग मनाउदै आएको छु ।  अरुले दशैको दिन टिकाटालो गर्ने तयारी गरिरहदा उनले कार्यकर्तासँग भेटघाट र खानपान अनि विचार निर्माण गर्ने अवसरका रुपमा दशैलाई लिएका छन् । दशैको यो फुर्सद पार्टीकै काम र कार्यकर्तालाई नै समय दिन्छु । हरेक दशैमा नयाँ विचार निर्माण गर्न मैले उपयोग गरेको छु यसपालीको दशै पनि यसरी नै विताउदै छु उनले दशैको योजना सुनाए । माओवादीका अर्का नेता देवेन्द्र प्रकास (सुनिल) पनि दशैलाई महत्व दिदैनन् । भेटघाट र जमघट हुने र सामाजिक सद्भाव राख्ने एउटा साँस्कृतिक पर्व हो । टिका र जमरा लगाएरै दशै मनाउनु पर्दछ भन्ने छैन म यसरी दशै मनाउन्न ’ उनले भने ।

 माओवादीका नेताहरु झै  नेकपा एमालेका नेताहरु पनि दशैलाई उति महत्व दिदैनन् तर सांस्कृतिक रुपमा भने दशैलाई मनाउदै आएको वताउँछन् ।  नेकपा एमालेका नेता प्रकास ज्वाला दशैलाई तडकभडक भन्दा सामान्य रुपमा लिने गरेको वताए । दशैलाई भेटघाट र सामाजिक सद्भाव राख्ने पर्वको रुपमा मनाउदै आएपनि टिका भने आमाको हातबाट लगाउदै आएको वताउँछन् । यसपाला दशैमा आमाको हातको टिका काठमाडौमा लगाउने उनको योजना छ । साथै दशैमा महत्वपूर्ण कृर्तिको अध्ययन र वाँकी रहेको लेखन कार्यलाई पूरा गर्ने उनले वताए । ‘ मैले धार्मिक पर्वको रुपमा नहेरी साँस्कृतिक र सामाजिक सद्भावको रुपले दशै मनाउने गर्दछु ’ उनले भने ।  
एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवाली पनि दशैलाई साँस्कृतिक रुपमा लिने वताउँछन् । दशैमा कार्यकर्ता, साथीहरुसँग भेटघाट , लेखन , मनपर्ने कृर्तिको अध्ययन र टिकाटालो गरि मनाउदै आएको वताए ।  दशैलाई ब्यतिmगत भेटघाट सामाजिक सास्कृतिक पुर्नमिलन गर्ने  सामाजिक एकताको सन्देश दिने पर्वको रुपमा लिनुपर्ने उनको धारणा छ । यसपाली आफ्नो काकाको मृत्य भएकाले दशैमा टिका नलगाउने उनले वताए ।   चाडपर्वको आफ्नै अर्थ र महत्व छ । कम्युनिष्ट  भन्दैमा चाडपर्व नै मान्नु हुन्न भन्ने कुरा पाखण्डपन हो ।  चाडपर्वलाई कति महत्वका रुपमा लिने भन्ने कुरा मात्र हो ।’ उनले थपे ।
२०४६ सालको परिवर्तनपछि दशैं जनजाति पर्व नरहेको बरु यस पर्वमा जनजातिको धर्म संस्कृति र सत्ता लुटिएको भन्दै दशैं बिहस्कार हैन परित्याग गर्न देशभर पुगेका त्यतिबेलाका प्रभावशाली  नेता गोरेबहादुर खपागीं यसपटकको दशैं मनाउदैनन् । तत्कालिन राजा ज्ञानेन्द्रको हातबाट टिका थापेर विवादास्पद बनेका खपागीं भन्छन्, ‘त्यतिबेला अवस्था अर्के थियो तर म जनजातिको हिसाबले दशैं मान्दिन ।’

कसले के गर्छन दशैंमा ?

टीका लगाउने र पूजाआजा गरिदैन । कार्यकर्ता भेट्ने र पुस्तक पढेर दिन बित्छ ।

पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष एमाओवादी

टिका लगाउने र परम्परागत किसिमले पुजाअर्जना कहिल्यै गरिएन । दशैंमा कार्यकर्ताको चाप कम हुने हुनाले झिल्को पत्रिकाको लागि एकाडेमिक लेख लेख्ने योजन ा छ । काठमाण्डौबाट बाहिर गइदैन ।

बाबुराम भट्राई एमाओवादीका बरिष्ठ नेता

घरमा टिका कार्यक्रम हुन्छ । त्यसमा आफन्त, कार्यकर्ता र शुभेच्छुकहरु सहभागी हुन्छन् । धार्मिक रुपमा पुजापाठ भने म का हुदैंन ।
झलनाथ खनाल एमाले अध्यक्ष

दशैं बालुवाटारमा हुन्छ । बुवा काठमाण्डौमै भएकोले वहाँको हातबाट  टिका लगाइन्छ । शक्तिपीठको पूजा भन्दा  दशैंलाई साँस्कृतिक पर्वको रुपमा मनाइन्छ ।
प्रधानमन्त्री माधवकुमार नेपाल

थारु कल्याणकारी सभाबाट दशैं  सम्बन्धमा संस्थागत निर्णय केहि गरिएको छैन   । मनाउने नमनाउने स्वतन्त्र छन् । हामीमा टीका लगाउने चलन हुदैंन । तर आफनो कुलदेउता पुज्ने चलन हुन्छ । थारुहरुले बली  पुजा गर्देनन् । कसैको भााकल छ भने मात्र काट्छन् ।
यहि कार्तिक १०-१२ सम्म घोराहीमा थारु कल्याणकारी सभाको बिसौ महाधिवेशन हुदैंछ । म त्यसैको तयारीमा ब्यस्त छु । साथै थारु अधिकारमुखी आन्दोलन नामक किताब पनि तयार गर्देछु । यी दुइ काममा यो दशै काठमाण्डौमै बित्छ ।

राजकुमार लेखी अध्यक्ष
आदिवासी जनजाति महासंघ

म दशैंको धार्मिक पक्ष मान्दिन । दशैंमा साथीभाइसंग भेटघाट गर्नै  र खाने गरिन्थ्यो । यो पटक त्यो पनि  गर्नै फुर्सद छैन ।
आदिवासी अधिकार माथि ५ वटा आइएलओको डकुमेन्टी बनाउनुपर्ने छ त्यसैमा ब्यस्त छु । अहिलेसम्म अफिसमैछु । दुई दिनपछि सिनेमाटोग्राफी  सम्बन्धि वर्कसप छ । त्यसैका लागि  क्यानडाबाट एकजना प्रशिक्षक आएकोछ   । भोलि उसैलाई घुमाउन लैजान छ । घरमै बित्छ दिन ।

नवीन सुब्बा अध्यक्ष आदिवासी चलचित्र संग्रहालय

नेपाल मगरसंघले सम्मेलन र महाधिवेशनबाट दशैं नमनाउने पारित गरिसकेको हुनाले हामी त्यसैको कार्यान्वयनमा छौं । मगर समाजमा पहिलाको जस्तो तडकभडक हराइसके । धेरैले दशैं मनाउन छाडिसके । मैले  २०५३ सालदेखि टीका लगाउन छाडेको हु ।
छाड्नै नसक्ने बृद्धहरुलाई सेतो टीका मात्र लगाउनोस् भन्दै हिडीरहेकाछौं ।

झक बहादुर थापा मगर
अध्यक्ष नेपाल मगरसंघ केन्द्रिय समिति

मगर कुनै पनि धर्मावलम्बी हुनसक्छन् तर उनीहरु प्रकृत्तिपुजक हुन् । यसर्थ पनि मगरसंघले दशै परित्याग गर्नै निर्णय गरेकोछ । यूके मगरसंघले पनि यो निर्णयलाई कार्यान्वयन गरेकोछ ।कसैले नमाने सेतो टीका लगाउन भनेकाछौं ।

लिलामान सेर्वुजा
सल्लाहकार मगरसंघ 
यूके तथा ब्यवस्थापक एभरेस्ट टाइम्स साप्ताहिक यूके

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %