राती सुतेका विक फेरि उठेनन्

Read Time:1 Minute, 40 Second

विरही रिजाल

यूएई १५ अक्टोवर

भलिबल खेलेर कोठामा फर्केका अबुधाबी नेशनल होटलमा कार्यरत कास्की जिल्ला शार्दीखोला ९ का  २६ वर्षीया पूर्ण बहादुर वि.क.को १२ अक्टोवर २०१० का  राती मृत्यू  भएको छ । सोही कम्पनीमा कार्यरत दिलविक्रम लिम्बूका अनुसार, सोही  बेलुका साथीहरुसग खाना खाइ सुतेका उनी सदाका निम्ति  सुते । उनको मृत्यू हृदयाघातबाट भएको बताइएको छ ।

उनका छिमेकी गुञ्जमान गुरुङ्गका अनुसार उनी यूएई आएको भर्खरै  सात महिना मात्र भएको र उनको घरमा बाबुआमा, श्रीमती र छोराछोरी रहेका छन्  उनी बाबुआमाका एक्लो छोरा हुन् ।

नेपाली दूतावासको तथ्यांकमा १ लाख पच्चीस हजार नेपालीहरु कार्यरत रहेको यूएईको इतिहासमा मृत्यूको दर पनि प्रतिदिन बढीरहेको छ । जनसंख्याको आधारमा मृत्यूदर प्रतिमहिना ९ जना रहेको तथ्यांक नेपाली दूतावास यूएईले सार्वजनिक गरेको धेरै समय भएको छैन । यो संख्या दिनानुदिन तीब्र रुपमा बढ्दैछ ।

वर्षदिनको दशैंको खुशियाली मनाउने बेलामा मृत्यूका खबर बारम्बार सुन्दा यूएईबासी नेपालीहरु शोकमग्न भएका छन् ।

 

गोर्खाली अनलाइन डटकमबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %