एउटा अज्ञात लाश भेटियो

    पर्सा (वीरगन्ज) २९ असोज

वीरगन्ज–१९ मा आज बिहान करिब २५ वर्षीय एक युवकको शव बरामद भएको छ । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आजै बिहान पर्साको हरपुर गाविसको वडा नं ६ मा  आगलागी हुँदा रु ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । सोही ठाउँका स्थानीय इलाही मियाँको घरमा लामखुट्टे धपाउने धूप सल्किएर आगो लाग्दा उक्त धनमालको क्षति भएको हो । बिहान अचानक आगो लागेपछि उनको फुसको घरसहित अन्नपात र लत्ताकपडा पनि जलेको पीडितले बताएका छन् । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

    

रासस