छुट्टिन र छुट्याउन खोज्नेहरु नै विखण्डनका मतियार

Read Time:19 Minute, 24 Second

आदिबासी जनजातीहरुको सबै भन्दा अगाडी रहेको जात हो “मगर” । मगरका थरहरुबीच अन्य जातजाति जस्तो भेदभाव हुदैंन ।

तेज (राम्जाली) पुन मगर

मगरभित्रका सयौंको संख्यामा रहेका थरहरुबीच भेदभाव नगरिएकै कारण मगर अरु जातको तुलनामा बिशिष्ट मानिन्छ । तर मगरभित्र उठेको पुन विवादले यो विशेषतामाथि प्रश्नचिन्ह उठाएकोछ ।

त्यसै त नुँघेको डाली झन नुँघ्यो चरीले टेकेर !
त्यसै त हाँसेका शत्रु झन हाँस्छन आपसमा फुटेको देखेर !!

नमस्कार तथा झोर्लें

एकजुट हुनुपर्नेमा विखण्डन जस्तो देखिएकोछ । यसरी कसरी एउटा जाति विशेषको नियनत्रणमा रहेको राज्यसत्ता र प्रशासनतन्त्रसंग शासनको बागडोर खोस्न सकिएला ? त्यसैले हो त “मगरको सल्ला (सल्लाह), खरानीको डल्ला” भनिएको ? भाइ भाइ बिचको झगडाको मौका छोपेर शासकहरुले  सोझा मगरलाई “फुटाउ अनी राज गर” भन्ने अङ्रेजको  सुत्र लगाएर संघियता र धर्म निरपेक्षताको बिषयलाई तुहाउने चर्तिकला खेलेको थाहा छैन ?
हामी पुनहरु भने संबिधान लेख्ने एक हप्ता समय हुँदा सम्म (अहिले १ बर्ष थपियो) “लौन हामी मगर होइनौं हामीलाई छुटै जनजातीको रुपमा दर्ता गराइ पाँउ” भन्ने किसीमको माग राखेर अगाडी आउनु  बिभाजन ल्याउने किसिमको खेल भएन र ? यस्तो  घिँन लाग्दो खेलको पछाडी कुनै न कुनै  नराम्रा कारण अथवा स्वार्थ अवश्य लुकेको हुनु पर्छ ।

नेपाल मगर संघ कहाँ चुक्यो

ठुलो बर्ग अथवा ठुलो जमातले साना र निर्बलिया जमातलाई जहिले पनी हेप्ने र कुदृष्टीले हेर्ने दानविय ब्यबहारमा नेपाल मगर संघ पनी अछुतो छैन। “ठुलो माछाले सानो माछालाई सँधै लखेट्छ” भने झैँ मगर संघका ‘केहि ठालु’  साथिहरुले पुन मगरलाई केहि फरक र भेदभावको दृष्टीले  हेर्देआएकाहुन् । जस्तै  ‘पुनहरु मगर भाषा बोल्न जान्दैनन्, तिमिहरु मगर होइनौ ‘ जस्ता चित्त दुख्दो शब्दहरुको लान्छना बेला बेलामा, ठाँउ ठाँउमा सुनिन्थ्यो र अझै पनी सुनिन्छ जबकी पुनहरु मगर भाषा नबोल्नुको पछाडी आफ्नै दर्दनाक बाध्यत्मक कथा र ब्यथाहरु छन ।

ईतिहाँस साक्षी छ, नेपालको पूर्ब देखी पश्चिमसम्म बसोबास गर्ने मगरहरुको मुख्य भाषाहरु मध्य पाङ, काईके, खाम र ढुट भाषा प्रमुख मानिन्छन जस मध्य ढुट भाषा बोल्ने मगरहरुको संख्या बढि छ । र, डोल्पाली मगरहरु काईके मगर भाषा बोले जस्तै पुन मगरहरु रुकुम रोल्पा तिरबाट आएको हुनाले पुनहरुको ठेट मातृ भाषा खाम मगर भाषा हो । त्यसैले यही खाम मगर भाषालाई जगेर्ना गर्न चितवन जिल्लामा पुन मगरहरुले खाम भाषाको तालिम सुरु गर्दा मगर संघ नेपालका केही ढुट भाषी मगरहरुले “पुनहरुले खाम भाषा सिक्न पाँउदैनौ, सिक्ने भए हाम्रै ढुट भाषा सिक्नु पर्छ” भन्दै  अति घृणित , अहंकारी र निन्दनिय कृयाकलाप देखाउनुभयो ।

कुनै पनी शिक्षा लिन र भाषा सिक्न पाउनु ब्यक्तिगत ईच्छा र स्वतन्त्रताको कुरा हो  । त्यसो त म्याग्दी जिल्लाको बेनी बजारमा आज भन्दा ७, ८ बर्ष पहिला नै त्यहाँको पुन मगरहरुले तनहुँ जिल्ला बाट ढुट मगर भाषाको शिक्षीका लगेर  मगर भाषा सिकेर प्रस्टसंग मगर भाषा बोलेको ज्वलन्त उदाहरणको रुपमा नामै तोक्न सक्छु . म्याग्दी दाना गा. बि. स. का लक्ष्मन पुनज्यूको (जसले सरकारी कार्यालयहरुमा लेखन्दासको काम गर्दथे)  छोरीहरुले राम्रैसंग मगरभाषा बोलेको मैले  देखेको छु । त्यसैले मगर भित्रको जुनसुकै भाषा सिकेर बोलेपनि तिनले मगरभाषा नै सिक्नेहुन् । यि पुनहरुले ढुट मगर भाषा नसिकेर किन खाम भाषा सिकेको  भनेर आक्षेप लगाउने के यो प्रजातान्त्रीक ब्यबहार हो ? यही भाषाको कम्जोरीको फाइदा उठाउदै ‘पुनहरु मगर होइनन्’ भन्दै हिँड्नु सोह्रै आना अन्न्याय हो .

यसो भन्दैमा मैले ढुट भाषा बोल्ने सबै मगर बन्धुहरु “पुन” बिरोधी छन् भन्न खोजेको  कदापी होईन , यसलाई अन्य्था लिएर फरक अर्थ नलगाई दिनु होला । मैले माथी नै भनेको छु, नेपाल मगर संघका ‘केही मगर बन्धु’  हरुमा मात्र  पुनहरुलाई हेरिने दृश्टिकोणमा भेदभाव छ न की सबैमा ।  हिजो छन्त्याललाई समेट्न नसक्दा उनिहरु मगरबाट अलग्गिएर गए,  आज पुनहरुलाई हेरिने र गरिने दृष्टिकोणमा फरक आउनाले अलगिने प्रकृया शुरु भैसकेको छ । यसरी नै बिभाजन हुँदै जाने क्रम बढ्ने हो भने भोली गएर थापा, राना, भुजेल जस्ता अन्य मगर बन्धुहरु पनी मगरबाट अलगिएर जान के बेर !

पुन समाजले नबुझेका कुरा

जसरी नेपाल मगर संघका केही ढुट भाषी मगर बन्धुहरुले  पुनहरुलाई भाषा नजान्ने र पुनहरु मगर नै होइनन् भनेर हचुवाको रुपले हेर्छन त्यसरी नै हामी पुनहरुले पनी  आफुभन्दा थोरै संख्यामा भएका बर्ग र समुहलाई हचुवाको रुपमा हेर्ने प्रबृतीबाट हामी पनी अछुतो छैनौं । हाम्रै म्याग्दी जिल्लाको पश्चिमी भागमा रहने छन्त्याललाई मगर संघले त पाखा लगायो लगायो हामी एकै ठाँउ र जिल्लामा बस्ने पुन जातिहरुले पनी “तिमीहरु (छन्त्यालहरु) मगर होइनौ रे , मगर भन्दा सानो जातको, तिमिहरुले छोएको पानी खाएमा, बिहाबारीको सोलि डोली चलाएमा हाम्रो जात जान्छ, कारण छन्त्यालहरु तामा, फलाम खानीमा छिनो घन् खेलाएर सुरुङ् खन्ने र कामीको जस्तो काम गर्ने “आगरी” हौ, छिनो संग खेल्ने भएर छिन्त्याल बाट पछी छन्त्याल लेखेका हौ” भन्दै उनिहरुलाई तल्लो जातको ब्यबहार देखाउने पहिलो नंबरमा हामी पुनहरु नै हौं  । पहीला  उनिहरु  मगर नै हौं भनेर मगर संघमा पनी आउन खोजेका थिए तर यसरी नै छन्त्यालहरुलाई नेपाल मगर संघ र पुन समुदायले नै बेवास्ता गरेपछी मगरबाट अलग भएर गएका हुन ।

हामी पुनहरुको खाम भाषा पनी मगर भाषा मध्यको एक अभिन्न अंग हो भन्ने कुरा इतिहाँसमा प्रमाणित हुँदाहुँदै पनी केही ढुट भाषी मगरहरुले “पुनहरु मगर होइनौ” भन्यो भन्दैमा “लौ हामी त मगर होइनौ रे त्यसकारण हामीलाई छुट्टै जनजातिको रुपमा दर्ता गराई पाउँ” भन्दै यो निरिह सरकार लाई बिन्ती पत्र चढाउने  बिरताको कदम हो की कायरताको ?
हामी पुनहरु पनी एकजुट भएर इतिहाँसको प्रमाण जुटाएर यि ढुट भाषी मगरहरुलाई ”  हामी पुनहरु पनी मगर नै हौं” भन्दै डटेर  समस्याको मुकाबिला गर्ने की पुच्छर लुकाउदै भाग्ने ?

यदि  पुनहरुलाई  नेपाल मगर संघका केही ढुट भाषी मगरका अगुवाहरुले  फरक दृश्टिकोणले हेर्ने ब्यबहारले गर्दा मगर संघ अन्तर्गत रहेर काम गर्न अप्ठ्यारो परेको  कारणले गर्दा त्यसमा असन्तुष्टी जनाउदै मगर बाट छुट्टिएर नयाँ जनजातिको सुचीमा सुचिकृत गर्न खोजिएको हो भने, पुनहरुले खाम भाषालाई साथमा किन लिएर जाने ?  यता हामी पुनहरु मगर बाट अलगिन्छौँ भनेर दर्ता प्रकृयामा पनी लाग्ने, अनी मगर भाषाको एक् अभिन्न अंग खाम भाषालाई पनी साथैमा लिएर जान्छौं भन्न मिल्छ ?

” मगर” शब्दलाई त्याग्न सकिन्छ भने किन खाम भाषा लाई त्याग्न नसकेको? मगर संघ अन्तर्गत रहेर काम गर्दा “केन्द्रीय पुन समाज” दर्ता गर्न नमिल्ने भएकोले अलग हुन खोजिएको हो भने, के एउटै जात भित्र दुई दुई वटा समानान्तर स्तरको संघ खोलेर आपसमा पौंठेजोरी खेल्ने र अरु गैर मगर जातिहरुले मगर मगर बिचमा आपसी लडाँई लडेको रमिता हेरुन् भनेर  यस्तो  राजनीति गरिएको हो ?

हामी पुनहरु मगर संघ भित्र रहँदा कुनै सहुलियत पाईएन त्यसकारण अब छुट्टै जनजातिको  सुचीमा सुचीकृत भएमा राज्यबाट सोझै पुनहरुलाई थप सहुलियत मिल्न सक्छ भन्ने झिनो आशाको निहुमा “केन्द्रीय पुन समाज” दर्ता गर्न खोजिएको हो भने,  अब पुन जाति आदिबासी जनजातीको नयाँ सुचि अनुसार ८१ औं नम्बरमा गएर दर्ता हुने  भए । यसको मतलब अब हामीहरु चेपाङ्, धिमाल,राउटे, कुसुण्डा र बन्करा जस्ता अति लोपोन्मुख जातिहरु भन्दा पनी मुनी ८१ औं ८२ औं नम्बरमा सब भन्दा कनिष्ठ (कान्छो) र नयाँ जनजातिको रुपमा देखिने भैयो .  मगरहरु कहाँको नम्बर १ सुचीमा गनिने जात र कहाँको ८१औ ८२ औं नम्बरमा पुनहरु । के यो गौरवशाली  कुरा हो ?  अहिले सम्म कसैले गर्न नसकेको काम तपाँईहरुले के गर्दे हुनुहुन्छ यस्तो?

ल अब त्यो पनी ठिकै छ, नम्बरले मात्र केहि फरक पार्दैन, ८१ औं नम्बरमा होस वा ८२ नम्बरमा  ।  राज्यले आदिबासी जनजातिलाई के कति सुबिधा दिएकोछ र जो भर्खरै मात्र दर्ता गराईएको पुनहरुको भागमा पर्ला !  म्याग्दी, पर्बत र बाग्लुङ जिल्लाको केहि भागलाई “पुन स्वायत्त प्रदेश” (केहि साथिहरुको बिचार अनुसार)  भनेर घोषणा गर्न सकियला र त्यसमा हर्ताकर्ता भइएला भन्नेछ । तर
त्यसै त देशको नयाँ संबिधान लेख्ने क्रममा यथास्थितीबादीहरुले स्वायत्त क्षेत्र घोषणा गर्न नदिन लागि परेका छन जसले गर्दा “मगरात स्वायत्त प्रदेश”  त पाईने हो की होईन,  यस्तो स्थितीमा हामी पुनहरुले  यस्तो कदम र माग राख्नु आकाशमा थुक्नु जस्तै होइन र ?

आफ्नो गाउँ घर, जिल्ला र जातको बिकास गर्नको लागि राज्यकै मुख ताकिरहनु  पर्देन ।    के भू. पू. मेजर टेक ब. पुन मगर, नन्द सेवक पुन मगर, भू. पू. इन्स्पेक्टर् हेम ब. पुन मगर, भू. पू. मन्त्री/कर्नेल नारायनसिङ् पुन मगर,  V.C. तुल ब. पुन मगर र डा. महाबिर पुन मगर (साथै अरु थुप्रै) जस्ता महान् ब्यक्तित्वहरुले देखाउनु भएका  विकाशका कृतिमानहरु राज्य र नेपाल सरकारले दिएको सुबिधा पाएर गरेका होइनन् ।

नेपाल लांघाली समाज अथवा संघ हुँदै त्यसपछी नेपाल मगर संघ स्थापना गर्ने काममा हामी पुनहरुले लगाएको योगदान र बलिदानलाई इतिहाँसको सुनौलो अक्षरले कहिलै बिर्सन सक्दैन र बिर्सदैन पनी । हामी पुनहरु पनी थापा, राना, आले, रोका, भुजेल जस्ता मगरहरु मध्यको एक् अभिन्न अंग हो भन्ने कुरा इतिहाँस साक्षी छ ।  तर आज आएर यी सबै सुनौला कृतिमानहरु लाई बिर्सेर हामी  “मगर होईनौं त्यसैले हामीलाई छुट्टै दर्ता गरी पाँउ” भन्दै हिँड्नु  हाम्रा महान ब्यक्तित्वहरुले लगाएको गुण र योगदानको अवमूल्यन होइन र ?

के इतिहाँसको सुनौला अक्षररुपी पानाहरुलाई जो पायो त्यसैले च्यातेर वा आफु खुशी बङ्ग्याएर लैजाने काम गर्न सबैको लागि सहैय  हुदैंन ।  इतिहाँसलाई पनी नेपालको नयाँ संबिधान लेख्ने कार्य तालिका लाई १०औं पटक संसोधन गरे जस्तो संसोधनका पानाहरु (Ammendment No.) थप्दै लैजान मिल्ने कागजको खोस्टा गराउन मिल्दैन र दिइदैन पनि । पुन मगरहरुको मात्र अग्रज नभएर सम्पूर्ण एशिया महादेशकै अग्रज डा.  महाबिर पुन मगरज्यूले भन्नु भएको वाक्यहरु “हामी पुनहरु पहिला देखी नै मगर थियौं त्यसकारण पुन मगरको इतिहाँसलाई बङ्ग्याउने र छोट्याउने काम  गर्नु उचित नहोला” भन्ने अती गहकिलो भनाईलाई पनी  पुनहरुले नै किन बिर्सन खोज्दैछौं ?
त्यसो गर्न मिल्ने भए अब  भिसी तुल ब. पुन मगर ज्यूले जित्नु जित्नुभएको  पदक “पुन मगरले जितेको होइन रहेछ पुनले मात्र जितेको रहेछ ” साथै नेपाल मगर संघको सँस्थापकको रुपमा चिनिनु भएका बुबा “स्व. श्री हेम ब. पुन मगरज्यूले हामी पुनहरुको लागि होइन की मगरहरुको लागि पो योगदान पुर्‍याएका रहेछन्,  उसोभए वहाँहरु (तुल ब. पुन मगर र हेम ब. पुन मगर)  दुबैले गल्ती क्षेत्रमा प्रबेश गरेका हुन” भनेर इतिहाँसकोमा अर्को संसोधन पत्र जारी गर्ने कि ?

“होईन हामी पुनहरु जनजातिको नयाँ सुचीमा सुचिकृत गर्ने प्रकृयाको लागि मात्र  यो कदम चालेका हौं मगर संघ बाट अलग रहे तापनी मगर त मगर नै रहने छौं नी” भन्ने किसिमको दोधारे धारणा हो भने के “चिची पनी पापाको पनी लोभ गर्न” समय सान्दर्भिक हुन्छ त ?  दुई वटा डुङ्गामा खुट्टा टेकेर फेवा ताल पारी सजिलै पुग्न सकिन्छ ? यसो गर्दा अन्य जातिहरुले हामीलाई “ताक परे तेवारी नत्र गोतामे” भन्ने आरोप लगाए भने के जवाफ दिने ?

हामी पुनहरु मगर संघ भित्रको भातृ संगठन भएर बस्दा अन्य मगरहरुले कहिलै अध्यक्ष पद नदिने र नपाईने भएको कारणले मगरसंघ बाट अलग हुन खोजीएको हो भने, के कुर्सी कै लागि मात्र यत्रो इतिहाँसलाई नै बङ्ग्याउदै बिभाजन भित्र अर्को बिखण्डन (Secterial Division) निम्त्याउन खोजिएको हो त ?  यस्तै बिभाजन र बिखण्डनको क्रम जारी रहने हो भने भोली गएर पुन जाति भित्र पनी “पुन” मात्र भन्न रुचाउनेहरु र “पुन मगर” भन्न रुचाउनेहरु बिच अथवा पुर्जा, गर्बुजा, तिलीजा, सेर्पुन्जा हौं भन्दै अर्को बिभाजन  नआउने ग्यारेन्टि के छ ?

यसो गरे कसो होला
मगर संघ भित्र पनी भुजेल समाज, थापा समाज , पुन समाज गठन हुनु आफैमा नराम्रो कुरा होइन  . पुन समाज भित्र पनी खिबाङ्गी सेवा समिती, सिख्तानी भेला, बेगखोला समाज ईत्यादी खोल्न सकिन्छ । जसले गर्दा सानो संगठनमा सर सल्लाह गर्न सजिलो होस । तर “हामी पुनहरु मगर नै होइनौं छुट्टै सुचिकृत गरिनु पर्छ” भन्दै मगर शब्दलाई नै फाल्न खोज्नु बडो दु:ख लाग्दो कुरा हो मित्र बन्धुहरु ! त्यसकारण हामी सबै पुनहरुले “पुन मगर” शब्दलाई गौरवका साथ आत्मसाथ गर्दे गएमा सबैको चित्त बुझ्ने र आफ्नो समाजको काम गर्न पनी अप्ठ्यारो नपर्ने बाटो रोजेमा अती उत्तम होला  भन्दै सम्पूर्ण पुन दाजुभाइ तथा दिदी बहिनीहरुमा  बिनम्र अनुरोध टक्र्याउन चाहन्छु ।

त्यसैगरि, नेपाल केन्द्रीय मगर संघले पनी आफ्नो बृहत संघ अन्तर्गत रहेका बिभिन्न जातहरु मध्य पुन जाति लाई पनी अरु सरहको समान ब्यबहार गर्ने र समान दृष्टीकोणले हेर्ने प्रबृतिको बिकास गर्नु पर्छ ।
चितवन जिल्लामा “पुनहरुले खाम भाषा सिक्न पाउँदैनौ” भन्दै जुन किसिमको अमानविय र भेदभावपूर्ण घट्ना घटाईयो त्यसको आधिकारीक रुपमा मगर संघले नै भर्तसना गर्दै माफी माग्नु पर्छ .

जय श्री करबाकेली बाबा ! जय पुन समाज ! जय  मगर संघ !

उही हजुरहरुकै शुभचिन्तक

Hayes,
UK

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %