राष्टपतिको मठमन्दिर दौडाहा

 

    काठमाडौँ, २९ असोज
 राष्ट्रपति डा. रामवरण यादव बडादसैँको आठौँ दिन आज राष्ट्रप्रमुखको हैसियतले राजधानीका विभिन्न शक्तिपीठमा दर्शन गर्दे हिंडे ।

    यसैक्रममा राष्ट्रपति यादव नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा तथा शोभा भगवतीको मन्दिर गई देवी भगवतीको पूजा गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरे ।  ।

 रासस